मिति:- २५ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनासमाचारस्थानीय खबर

बिधुतिय पाेलमा करेन्टले लागेर एक गार्डको मृत्यु।।।

पछिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जनता खबर , असाेज १२ । पछिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

रामग्राम ७ उजैनीका जय प्रकाश यादवले बाटोमा रहेको पोलको बत्ती निभाउन जाँदा करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानियका अनुसार उक्त विद्युत खम्बामा Smart link wifi को तार हाई टेन्सनको तारमा टासिन गएर उक्त घटना भएको बताइएको छ ।

पोलमा लुत्रिएको अवस्थाको तारको बत्ती निभाउने क्रममा छुईन पुग्दा यादवको मृत्यु भएको प्रत्यक्ष दर्शीलाई उदृत गर्दै सुरेश यादवले जनाएका छन ।

नगरभित्र यसरी लुट्रिएको अवस्थाका तारहरु धेरै रहेकोले सम्भाबित दुर्घटना प्रति निकाय गभिर हुन जरुरी छ ।

विद्युत खम्बामा लुत्रीएको तारमा दोषी बिधुत प्राधिकरण या smart link wifi कस्को लापरबाहीले यसरी हुन गएको हो भन्ने बारे अनुसन्धान गरी तत्काल कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन स्थानियले माग समेत रहेका छन ।

मृत्यु भएका यादव सिदार्थ बैकमा गार्डको काम गर्दै आएको बुझिएको छ ।

घटना आज बिहान करिब ६ बजेर ३० मिनेटमा भएको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker