मिति:- २० बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधसमाचारस्थानीय खबर

उदयपुरमा प्रतिबन्धित औषधीसहित मानिस पक्राऊ ।।।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं.७ बस्ने बर्ष ५० को बिरेन्द्र कुमार झाले आफ्नै घरमा प्रतिबन्धित औषधी संचय गरी बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राऊ गरिएको छ ।

जनता खबर , असाेज १० । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं.७ बस्ने बर्ष ५० को बिरेन्द्र कुमार झाले आफ्नै घरमा प्रतिबन्धित औषधी संचय गरी बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राऊ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको टोली र चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाको स्वास्थ्य उप-प्रमुख लक्ष्मी प्रसाद चौधरी समेतको टोलीले घर खानतलासी गर्ने क्रममा उनको घरबाट प्रतिबन्धित औषधीहरु फेला परेको थियो ।

उनको घरबाट प्रतिबंधित औषधिहरु ट्रामाडोल १० बट्टामा ३०२ पत्ता (जम्मा ३०२० ट्याबलेट), स्पासेन ४ बट्टामा २१६ पत्ता (जम्मा २१६० ट्याबलेट), ओपिडोल १५ बट्टामा २१० पत्ता जम्मा २१०० ट्याबलेट) फेला परेको थियो ।

बरामद औषधि सहित पक्राऊ गरिएको झालाई अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएपछि बिरेन्द्र कुमार झाको स्वास्थ्यमा समस्या देखा परेपछि उपचारको लागि आफन्तलाई जिम्मा लगाईएको थियो ।

बरामद औषधि आवश्यक कार्वाहीको लागि औषधी ब्यवस्था विभाग बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker