मिति:- २३ बैशाख २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचारस्थानीय खबर

धनगढीमाई न पा को वार्षिक समिक्षा कार्यक्रम २०७९/०८० सम्पन्न ।।

सिरहाको धनगढीमाई न पा को आ व २०७९। ८० को वार्षिक बजेट तथा कार्यक्रम समिक्षा सोमवार सम्पन्न भएको छ ।

जनता खबर,लहान ९ साउन । सिरहाको धनगढीमाई न पा को आ व २०७९। ८० को वार्षिक बजेट तथा कार्यक्रम समिक्षा सोमवार सम्पन्न भएको छ ।

पालिका भित्रका बिभिन्न शाखाका शाखा प्रमुखहरुले प्रस्तुत गरिएको प्रतिवेदनका अनुसार वार्षिक समिक्षा सन्तोषजनक नै भएको नगर प्रमुख शिवशंकर महतोले बताए । नगर प्रमुख महतोका अनुसार धनगढीमाई नगर भित्रका सम्पुर्ण वडाहरुमा संचालित योजनाका कार्यहरु संन्तोष जनक नै रहेको छ साथै जनताहरुका लागी अझ पनि जनमुखि कार्यक्रम गर्नमा जोड दिएका छन ।

शिक्षा, स्वास्थ्य,उद्यमशिलता,गरीबी निवारण,भुमिहिन सुकुम्वासी,सबै वडामा किताकाट शुरु, किसान सुचिकृत तथा १ देखि १४ वडाका किसानहरुको कृषि विधुत मिटर बिल भुत्तानी (१८ लाख २३ हजार), विभिन्न सिप मुलक तालिम, विभिन्न दातृ निकायको साझेदारीमा खानेपानी ताथ शौचालय निर्माण, पशुमा देखिएका लम्पी स्क्रीन रोग कार्यक्रम, सुरक्षित नागरीक आवास कार्यक्रम, लैगिंक समानता,जेष्ठ नागरीक सुत्केरी तथा गर्भवती महिला कार्यक्रम,८ वटा रोगको नगरबाट उपचार वापत रु ५ हजार सहयोग, लगायत १ देखि १४ वटै वडामा योजना अनुसारका काम सम्पन्न यस पालिकाको मुख्य उपलब्धी रहको बिभिन्न शाखाका प्रमुखहरुले बताए ।

कार्यक्रममा नगरका लेखा प्रमुख पुरुसोतम प्रसाद साहका अनुसार विनियोजित रकम ९१ करोड ११ लाख ४७ हजार रहेको बताएका छन ।
नगरका उप प्रमुख संगिता चौधरीका अनुसार न्ययिक समितिमा जुन प्रकारको बजेट विनियोजित हुनु पर्ने हो त्यो न भएको गुनासो पोखेका छन । अबको अगामी दिनमा न्ययिक समितिका लागी छुटटै किसिमको बजेट विनियोजन गर्नमा जोड दिएका छन ।


यता नगरका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद वगालेका अनुसार कर्मचारी साथीहरुलाई अझ लगनशिलताका साथ काम गर्नमा आग्रह गरेका छन । ता कि समयमै सम्पुर्ण विवरण प्राप्त गर्न सकियोस ।
कार्यक्रम धनगढीमाई नगर पालिकाका नगर प्रमुख शिवशंकर महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker