मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचारस्थानीय खबर

लहानमा एनआईसी एसिया लघुवित्तिय संस्था लगायतलाई तनाव ।।।

लघुवित्तिय संस्थाका विरुद्ध सिरहाको लहानमा आन्दोलन चर्किएको छ ।

बिनोद मण्डल , सिरहा लहान १२ जेष्ठ- लघुवित्तिय संस्थाका विरुद्ध सिरहाको लहानमा आन्दोलन चर्किएको छ ।

सँघर्ष समितीका सिराहा अध्यक्ष अर्जुन विश्वकर्माको नेतृत्वमा गरिएको , आजको प्रदर्शनले लाहान स्थित रहेको विभिन्न लघुवित्तिय संस्थाहरूमा तोडफोड गर्नुका साथै चर्का नारासहित खारेजको माग गरेका छन ।

चर्किएको आन्दोलनमा प्रहरी दमन भए पछि एक प्रहरी र एक आन्दोलनकारी सामान्य घाइते भएका हुन ।

लाहान स्थित रहेका एनआइसी एसिया लगायतका लघुवित्तिय कार्यालयहरुमा ताला लगाउन गएका आन्दोलनकारी र प्रहरी बीच झडप भएको थियो ।

मणिराम ज्ञवाली नेतृत्वको समर्थकहरुद्वारा सिरहाको लहानमा थालिएको आन्दोलनले करिब आधा दर्जन लघुबित्तिय संस्थाहरुमा तलाबन्दी गरेका छन ।

आफ्ना
विभिन्न ५ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका महिलाहरू यतिवेला सडक तताई रहेका छन भने एन आइसी एसिया लघुवित्तिय सस्थाले आफ्ना बोर्ड समेत हटाएको अवस्था रहेको देखिन्छ ।

कार्यक्रममा समाजिक अभियन्ता पुनम महतो , केन्द्रिय सदस्य धनिक लाल चौधरी , मधेस प्रदेश सल्लाहाकार मो.गुलजार मियाँ, सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी,उपाध्यक्ष उमेश भगत,सिरहा जिल्ला सदस्य सुलोचना चौधरी,लिलम कामैत लगायतका व्यक्तिहरूको सहभागितामा आन्दोलन जारी रहको छ ।

आन्दोलनको डरले सिरहाको लहानमा रहेको लघुबित्तिय संस्थाहरुले कार्यालयको बोर्डसमेत हटाएर कार्यालय छोडने गरेका छन भने आन्दोलनका कारण लघुबित्तिय कर्मचारीहरुले मानशिक तनाव खेप्न बाध्य भएका छन ।

यतिबेला देश भर चर्किएको आंदोलका कारण जिल्ला,जिल्लाबाट लघुबित्तिय संस्थाहरु बिस्थापित भइरहेका छन ।

पीडित महिलाहरू सकृय हुँदा लघुबित्तिय कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन । भने आन्दोलन जारी राख्ने अध्यक्ष बिश्वकर्माले जनाएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker