मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचारस्थानीय खबर

लम्सालद्वारा बिरामीका लागी ह्वील चेयर ।।।

मधेश प्रदेशको सिराहा जिल्लाको विष्णुपुरकट्टी ठटीया स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच व्हील चेयर हस्तान्तरण गरिएको छ ।

 

 

 

 

 

 

 

वैशाख २९ । मधेश प्रदेशको सिराहा जिल्लाको विष्णुपुरकट्टी ठटीया स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच व्हील चेयर हस्तान्तरण गरिएको छ ।

धनगढिमाई नगरपालिका वार्ड नम्बर -१२ मा रहेको स्वास्थ्य चौकी बिष्नुपुरकट्टी लाई आज एक औपचारिक कार्यक्रमका बिच बिरामीको उपचारमा सहजताका लागी चेयर हस्तान्तरण गरिएको छ ।

वाडा अध्यक्ष जय प्रकाश ठाकुर ज्यूको अध्यक्षतामा स्वास्थ्य चौकीका प्रमुख लगायत कर्मचारी तथा स्वास्थ्य ब्यवस्थापन समितिहरुको उपस्थितिमा बिरामीका लागी ह्वील चेयर हस्तान्तरण गरिएको हो ।

धनगढीमाई १३ निवासी समाजसेवी , बौद्धिक व्यक्तित्व , बुद्दिजीबि तथा सहयोगी नवराज लम्साल ज्युबाट सहयोग प्राप्त भई निजका भाई तथा स्वास्थ्य चौकी भोर्नेनी प्रमुख कुमार लम्साल ज्यूबाट उक्त ह्वील चियर हस्तान्तरण गरिएको हो ।

धनगढीमाई 13 लाई आकस्मिक सेवाका लागि एम्बुलेन्स प्रदान गर्नु भएका सहयोगी मनका धनी लम्सालले स्थानीय स्तरमा विभिन्न खालका सहयोग प्रदान गर्दै आउनु भएको छ ।

धनगढीमाई न.पा.-१३ द्वारा प्रदान गरिएको उक्त चेयरले उक्त स्वास्थ्य चौकीमा उपचारका क्रममा आउने बिरामीका लागी सहजता हुने बुझिएको छ ।

नवराज लम्सालको भाई कुमार लम्सालद्वारा हस्तान्तरण गरिएको उक्त चेयर यतिबेला करिब एक हप्ता अगाडी मात्र सञ्चालनमा आएको ल्याब र प्रसूतिका लागि आउने बिरामीहरुका लागि प्रयोग हुने वाडा अध्यक्ष ठाकुरले जानकारी दिनु भएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker