मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचारस्थानीय खबर

धुवाँरहित चुलो वितरण कार्यक्रम जारी ।।।

सिरहाको धनगढीमाई १४ मा धुवाँरहित चुलो वितरण कार्यक्रम जारी रहेको छ । वाडा कार्यालयको परिसरमा आज करिब १२.३५ बजेको समयमा नगरप्रमुख शिवशङ्कर महतो ज्यूले चुल्हो वितरणको प्रारम्भ गरेपछि वितरण थालिएको हो ।

                           

विनोद मण्डल वैशाख २० । सिरहाको धनगढीमाई १४ मा धुवाँरहित चुलो वितरण कार्यक्रम जारी रहेको छ । वाडा कार्यालयको परिसरमा आज करिब १२.३५ बजेको समयमा नगरप्रमुख शिवशङ्कर महतो ज्यूले चुल्हो वितरणको प्रारम्भ गरेपछि वितरण थालिएको हो ।

 

वाडाको विश्राम कक्षमा औपचारिक कार्यक्रम गरी बातावरण संरक्षण केन्द्र नेपाल चन्द्रपुर रौतहटका जिल्ला संयोजक अशोक कुमार यादवले चुरे संरक्षण आशयका साथ चुरे क्षेत्र अन्तर्गत रहेका धनगढीमाई १२,१३ र १४ नम्बर वडाहरूका बस्तीहरूमा चुल्हो वितरण कार्यक्रम सिरहामा पहिलो पटक थालिएको बताए । थोरै दाउराको प्रयोग गरेर खाना पकाउन सकिनुका साथै उठाएर एक ठाउँबाट अर्को ठाउँमा सजिलै लान सकिने यस कार्यक्रमले वाडा बासीहरु खुशी भएको स्थानियहरु बताउँछन् । वाडा अध्यक्ष अमित ठकुरी आफै विकास प्रेमी भएको कारण वडामा यतिबेला विकासका लहरहरु क्रमिक रुपमा अगाडि बढेको अवस्थाका कारण सकारात्मक अनुभव गरिएको छ ।

 

चुल्हो वितरण कार्यक्रमलाई अगाडि बढाउनका लागि स्थानीय नेता दिलीप लामा समेत वाडा कार्यालय पुगेर कार्यक्रमलाई अगाडि बढाउन सहयोग गरेका हुन । चुल्हो वितरण कार्यक्रम समापन सँगै प्रत्येक घरमा गएर चुल्होको अवस्थाको बारेमा जानकारी लिने वितरक संस्थाले जनाएको छ । वितरित चुल्हो ५ वर्षसम्म बिग्रिएको खण्डमा संरक्षण गर्ने बताईएको छ । वितरक संस्थाले यसले चुरे संरक्षणमा सहयोग पुग्ने दाबी गरेका हुन । चुल्हो लिनका लागि भौगोलिक रूपमा विकट मानिएको यस वडाका स्थानीय बासिन्दाहरू विभिन्न टोल बस्तीहरुबाट आएर चुल्हो लिएर गएका छन् यद्यपी चुल्हो वितरण कार्यक्रम जारी रहने बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker