मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारसमाचारस्थानीय खबर

जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनभत्र जथाभावी कब्जा गरिएको फुटपाथ तथा सडक पेटी खाली गर्न आग्रह

विहीबार जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथमा हुने अव्यवस्थित व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

जनता खबर, साउन ६, जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनभत्र जथाभावी कब्जा गरिएको फुटपाथ तथा सडक पेटी खाली गर्न आग्रह गरेको छ ।

विहीबार जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथमा हुने अव्यवस्थित व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । जनप्रतिनिधि र प्रहरीसहितको टिमले संयुक्त रुपमा बजार घुमी स्थानीय सर्वसाधारण र व्यवासयीलाई सो अनुरोध गरेका छन् ।

साथै जथाभावी फोहर पनि नफाल्न नगरबासीलाई सचेत गराइएको छ । जथाभावी पान र गुट्खा खाएर नथुक्न पनि पालिकाले सूचना जारी गरेको छ ।

सडकमै गरिने अव्यवस्थित पार्किङ, नगरलाई हराभरा बनाउन र धार्मिक पर्यटकलाई आकर्षण गर्न सबैले आफ्नो आफ्नो दायित्व पुरा गर्न पालिकाले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker