मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

विकाशमा अग्रता कायम गर्दै अमित ठकुरी ।।।

आम जनताको भावनालाई उजागर गर्दै वडा अध्यक्ष अमित ठकुरी । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै आएका छन कलिला वडा अध्यक्ष अमित ठकुरी ।

विनोद मण्डल चैत्र ७ । आम जनताको भावनालाई उजागर गर्दै वडा अध्यक्ष अमित ठकुरी । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै आएका छन कलिला वडा अध्यक्ष अमित ठकुरी । बौद्धिक व्यक्तित्व र दूरदर्शी उच्च प्रशंसाका पात्रका रूपमा धनगढीमाई नगरपालिकामा परिचित वडा अध्यक्षका रूपमा परिचित भएका अध्यक्ष ठकुरीको एतिहासिक कदमले आम स्थानीयमा खुशीयाली छाएको छ ।

सिरहा र उदयपुर जोड्ने सिराहा जिल्लाकाे धनगढीमाई नगरपालिका वडा नं. १४ स्थिति सर्रे बस्ती हुँदै कटारी नगरपालिकाको वडा नं. ५ काे भाेर्ले बस्ती जाेड्नका लागि दुवै वडाकाे सिमानामा रहेकाे चुरे जंगलकाे सलहेस डाँडासम्म सडक ट्र्याक ल्याईसकेकाे अवस्थामा भाेर्ले सिरानदेखि करिब ३ कि.मि. दुरीको सिराहाको भूमिलाई जोड्नका लागि आपसी सम्झौता गरिएको उक्त सडकलाई पूर्ण रूपमा जाेड्नका लागि धनगढीमाई न.पा. वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यु लगायत स्थानिय वडाबासीहरूसंग र कटारी वडा नं. ५ का वडाबासीहरू बिच साेही स्थानमा व्यापक छलफल भएको छ ।

उक्त सडकलाई पूर्ण रूपमा जाेडि अन्तर प्रदेशकाे भावनात्मक सम्बन्ध सुमधुर बनाउनका लागि आ-आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

दुइ जिल्लाको सडकले उदयपुर ,खोटाङ ,सोलु ,ओखलढुंगा , भोजपुर ,लगायत यस मार्गले पहाडी जिल्लाहरूमा पुग्नका लागि छिटो छरितो पुग्न सकिने अवस्था रहेको छ । एतिहासिक कदमको यतिबेला चौतर्फी प्रसंशा भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker