मिति:- ३ असार २०८१, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहान मेरी चिल्ड्रेन एकेडमिद्वारा बार्षिकोत्सव मनाउने तयारी ।।।

मधेश प्रदेशको सिराहा जिल्लाको लाहान ६ स्थित रहेकाे " लाहान मेरी चिल्ड्रेन एकेडेमी " द्वारा २५ औं वार्षिकोत्सव मनाउने तयारी पुरा भएको छ ।

विनोद मण्डल चैत्र १ । मधेश प्रदेशको सिराहा जिल्लाको लाहान ६ स्थित रहेकाे ” लाहान मेरी चिल्ड्रेन एकेडेमी ” द्वारा २५ औं वार्षिकोत्सव मनाउने तयारी पुरा भएको छ ।

सिराहा जिल्लाको सुन्दर नगरी लाहान वार्ड नं ६ स्थित रहेकाे विद्यालयले विगत २४ वर्षदेखि विभिन्न आरोह अवरोह पार गर्दै स्तरीय जीवनोपयोगी शिक्षा दिंदै आइरहेको छ भने विक्रमसंवत् २०५९ सालदेखि प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजासहित आफ्नो पहिचान कायम गर्दै आइरहेको छ ।

करिब ४६ शिक्षक कर्मचारी कार्यरत रहेको यस विद्यालयमा ९३७ विद्यार्थी संख्या रहेको छ ।

विद्यार्थी मैत्री वातावरण रहेको यस विद्यालयमा आधुनिक किसिमको पुस्तकालय, विज्ञान प्रयोगशाला , उमेर अनुसारको खेल्ने वातावरणका बीच पठन पाठन सञ्चालन भइरहेको यस विद्यालयमा विद्यार्थीहरुको सास्कृतिक टोलीका कारण मधेश प्रदेशको नमुना विद्यालयको रूपमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

विद्यालयले आउँदो चैत्र ३ गते २५ औं वार्षिकोत्सव मनाउनका लागि अथितीहरुलाई निमन्त्रणा पत्र पठाएको छ भने अथितीहरुलाई स्वागतका लागि विभिन्न सांस्कृतिक झाँकीहरुको तयारी पुरा भएको छ भने अर्कोतिर कलिला विद्यार्थीहरुले आफनै हातले बनाएका आधुनिक सामाग्रीहरु प्रस्तुतिको अन्तिम तयारीमा रहेको विद्यालय प्रशासनले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker