मिति:- १४ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचारस्थानीय खबर

पृतांक दैनिकको नामबाट लुट धन्दा निकायको ध्यानाकर्षण ।।।

सिरहामा विगत लामो समयदेखि पत्रकारिताको नामबाट लुट धन्दा गर्दै आइरहेको उक्त दैनिक आधिकारिक नभएको स्पष्ट भएको छ ।

                           
सितल साह” फाल्गुन ३० । सिरहामा विगत लामो समयदेखि पत्रकारिताको नामबाट लुट धन्दा गर्दै आइरहेको पृतांक दैनिक आधिकारिक नभएको स्पष्ट भएको छ ।
उक्त दैनिकको नामबाट कार्यकारी निर्देशक हूँ भन्दै विभिन्न व्यक्तिलाई धमकाई आनाधिकृत रूपमा गैर कानूनी क्रियाकलाप गर्दै हुँदै नभएको कामलाई अतिरञ्जित तवरले पत्रकारको सामाजिक प्रतिष्ठामा आँच पुरयाउने नियतले झुठा र भ्रामक सामाचार बनाई सम्प्रेषण गर्ने गरेको पाइएको हो । उक्त दैनिकको बारेमा मिति २०७९/११/१८ गतेमा आचारसंहिता अनुगमन उपसमितिको बैठकले पृताँङक दैनिक नामको पत्रिका प्रेस काउन्सिल नेपालमा दर्ता नभएको स्पष्ट भएको छ ।
अरूको चरित्र हत्या , अफबाह फैलाउने , पैसाको बार्गेनिङ गर्ने जस्ता समाज र पत्रकारिता विरोधी क्रियाकलाप गरिरहेकोले तत्काल कानुनी कारवाही अगाडि बढाई उक्त नामको वेब साईट समेत बन्द गरिनु पर्ने अवस्था भएकोले पत्रकारिताको खिल्ली उडाउने यस्ता दैनिक र सञ्चालक लाई तत्काल कारवाही प्रक्रिया अगाडि बढाइएको अवस्था रहेकोले कहीं कतै उक्त दैनिकको नामबाट कुनै सामाचार आएको खण्डमा तत्काल प्रहरीमा उजुरी अगाडि बढाउन जरुरी रहेकाे देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker