मिति:- १५ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

लहान नगरभित्रकाे जग्गाकाे किताकाट खुल्ला पत्रकार सम्मेलन गरी बर्गिकरणकाे बिवरण नापि र मालपाेतलाई बुझाउदै।।

लहान नगरपालिकाले नगर भरिका भूमीलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । वर्गीकरण गरेको सम्पूर्ण विवरण शुक्रबार नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरेको छ

लहान । लहान नगरपालिकाले नगर भरिका भूमीलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । वर्गीकरण गरेको सम्पूर्ण विवरण शुक्रबार नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरेको छ । अब जग्गाको किताकाट र किनबेच हुने बाटो खुलेको छ ।

नगरपालिकाले कृषि, आवसीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी/खोला/ताल/सिमसार, सार्वजानिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरेको छ ।

गएको जेष्ठ २७गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो । सोहीअनुसार १० क्षेत्रमा वर्गीकरण गरी विवरण मालपोत र नापीलाई बुझाइएको मेयर महेश चौधरीले जानकारी गराएको छ । वर्गीकरणका लागि लहान नगरपालिका भू–उपयोग परिषदले फाल्गुन १४ गते निर्णय गरेको थियो ।।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker