मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिककृषिमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहान २४ मा वडाकै पहिलाे राेड ढलान सुरु मेयर,उपमेयर र वडा अध्यक्षले गरे उदघाटन

लहान नगरपालिका वडा नं.- २४ झिटकिमा वडाकै पहिलाे पी.सी.सी. ढलानकाे सुभआरम्भ कार्य सुरु भएकाे छ।

                                         

सितल साह लहान फाल्गुन १३।। लहान नगरपालिका वडा नं.-२४ झिटकिमा वडाकै पहिलाे पी.सी.सी. ढलानकाे सुभआरम्भ कार्य सुरु भएकाे छ।नगरपालिकाका उपमेयरकाे विशेष पहलमा भईरहेकाे साे राेड ढलान शुभारम्भ उपलक्ष्य कार्यमा लहान न.पा.का मेयर महेश चाैधरी ,उपमेयर रामचलितर महताे,वड अध्यक्ष रासलाल राय,वडा सदस्यहरु लगायत स्थानीयबासिहरुकाे उल्लेखनीय उपस्तिथिमा बिधिवत रुपमा पुजाआजा गरि ढलान कार्य सुरवात गरीएकाे थियाे।

लहान २४ भाैगाेलिक अधारमा निकै ठुलाे र बिकट वडा रहेकाे र याे झिटकि गाउँ चारै तिरबाट नदिले घेरिएकाे हुनाले याे टापु जस्तै रहेकाे गाउँलाई नदिकाे अतिक्रमण राेक्न नगरपालिका द्वारा ४० लाख रकम छुट्टयाइएको मेयर चाैधरिले जानकारि दिनु भयाे। मानिकदहमा अलपत्र रहेकाे निर्माणाधिन स्वस्थ्य चाैकि भवनलाई पुर्नतया तयार गरेर एक महिनामा दिन वडालाई आग्रह गर्दै आफू स्वस्थ्य चाैकिमा चाडै डाक्टर ,नर्स , अहेब लगायतका कर्मचारी पठाएर जनताहरुले प्रत्यक्ष लाभ पाउने बनाउने प्रतिबद्धता मेयर चाैधरीले जनाउनु भयाे। वहाँले प्रदीप गिरि राजमार्ग नामाकरण गरिएकाे ग्रमिन चाैक टु बस्तिपुर , गाेबिन्द्पुर मानिकदह जनेडिने सडकमा पनि छिटै कालाेपत्राे हुने जानकारि दिनु भयाे। यसै वडाकाे मुसहर समुदायहरुलाई सहयाेग गर्दै जाने क्रममा आफू राजनित यात्रा सुरुगरेकाे बताउदै बिगतमा यसै वडाका मुसहरहरुलाई ५० वटा घर बनाउने घाेषना समेत मेयर चाैधरिले गर्नुभयाे।

त्यस्तै लहान २४ वडाकै आफुहरु ऋणी रहेकाे भन्दै यस वडामा बिकाशकाे निम्ति आफुहरु सधै अग्रसर रहने उपमेयर रामचलितर महताेले बताउनु भयाे।आफुहरु बस्तिपुर टु मानिकदह कालाेपत्रे तथा छपरारी शिबचाैक हुँदै अधारभुत बिधालय मलहनमा सम्मको कालेपत्राे याेजना यसै बर्षकाे याेजनामा केन्द्रमा पेश गरिसकेकाे जानकारि गराउदै कृषि,शिक्षा ,स्वास्थ्य,जस्ता विभिन्न समस्या बिस्तारै समाधान गर्दै जाने प्रती आफु प्रतिबद्ध रहने बताउनु भयाे। मानिकदहलाई भरततालकाे जस्तै बनाउने आफुहरुकाे याेजना रहेकाेले दुईटै दह पाेखरीलाई एकैठाउ जाेडेर साैन्दर्यकरण गरि बिकाश गर्ने र पर्यटक भित्राउने उदेश्य रहेकाे जानकारि उपमेयर महताेले दिनु भयाे।

 

त्यस्तै यस वडालाई शिक्षा ,स्वस्थय कृषी लगायतका वडामा आवश्यकता अनुसार ठाेस काम गराउने आफनो याेजना रहेकाे वडा अध्यक्ष रासलाल रायले बताउनु भयाे।गाेबिन्द्पुर साबिक वडा नं.१ मा ढलान कार्यको लागि काम सुरु भईसकेकाे भन्दै वडाकाे बजेट ठाेसकामकाे लागि उपयाेग गर्ने बताउनु भयाे। सररे खाेलामा पुल निर्माणकालागि टेनडर प्रक्रिया अगाडि बढिसकेको जानकारि गराउदै यस वडामा कृषि राेड,बिधुतिकरण,सिचाईकाेलागि बाेडिङ लगायतका कामहरु धेरै मात्रामा गर्नु पर्ने भएकाेले साे काे लागि पहल गर्न मेयर चाैधरी र उपमेयर महताेलाई आग्रह गर्नु भयाे।

वडामै पहिलाे ढलान भईरहेना देखेर स्थानीयहरु निकै उत्साहित देखिएकाे थियाे।आफ्नो वडामा यश किसिमकाे कुनै ठाेस सडक ढलान नभएकाे भन्दै आफुहरुकाे आश नै हराईसके थियाे र अहिले बिकाश भएकाे देख्दा अतिनै खुसि व्यक्त गर्दै त्यहा उपस्तिथि मेयर ,उपमेयर,वडा अध्यक्ष,वडा सदस्य लगायत सम्पुर्ण नेता, जनप्रतिनिधिहरुलाई स्थानीयहरुले बिशेष धन्यवाद ज्ञापन गर्नुभयाे।।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker