मिति:- १५ बैशाख २०८१, शनिबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

साहित्य सिर्जनाका धनी जिबछ यादब

महा शिवरात्री पर्वको शुभकामना सहित चिन्तन गर्दै साहित्य सिर्जनाका धनि तथा पत्रकार जीबछ यादब आफ्नै शब्दमा लेख्नु हुन्छ ।

बिनोद मण्डल फल्गुन ६ ।

महा शिवरात्री पर्वको शुभकामना सहित चिन्तन गर्दै साहित्य सिर्जनाका धनि तथा पत्रकार जीबछ यादब आफ्नै शब्दमा लेख्नु हुन्छ ।

म चिन्ता गर्दिनँ तर चिन्तन जरुर गर्छु । मेरो बिगार गर्नेहरुको हितचित चिताउँछु । मेरो बालबच्चाको आहार समेत खोसेर यो मान्छेलाई सडकमा ल्याइदिने घटिया सोच राख्नेहरुको हर्कत देखेर गम्भीर जरुर भएको छु । मैले अनुभूति गरेको छु – इमानदार वफादार खुल्ला सहि सत्य विचार राख्ने जनताका मुद्दा उठाउनेहरुलाई कसरी घेरा हालेर कमजोर बनाउने ? षडयन्त्र देशैभरी चलिरहेपनि मधेसमा झन् यो बेथिति झाँगिदै गइरहेको छ ।

” गरीव दलितहरुलाई प्रयोग गर्ने औजारको रुपमा प्रयोग गर्ने पुँजीपतिहरु राज्यको हरेक निकायमा पुगेर सानालाई ऐन ठूलालाई चैन भने धारबाट समाज अघि बढिरहेको छ । मुसा मार्ने विरालोलाई धन्यवाद भन्नुपर्नेमा दुध खाने विरालोलाई पुरस्कार दिइरहेको छ । वाम एकताको पक्षमा निरन्तर वकालत गर्दै आइरहेको छु तर बाम किताकै मित्रहरुबाट म पीडित भइरहेको छु । कम्युनिष्ट चरित्रलाई म आदर गर्छु तर कम्युनिष्ट सिध्याउन कमाउनिष्ट भएकाहरुलाई म उतिकै घृणा पनि गर्छु । जाती र धर्मको नासा अफिमको नासा जस्तै हुने लेनिनको भनाई अझैपनि सान्दर्भिक छ । कमाउनिष्टहरु यहि जाति र धर्मको आडमा विचारलाई मारेर कम्युनिष्ट आन्दोलनमा गडबडी पैदा गरि रहेको छ ।

सिरहाका जनपक्षी यएमाले नेता हेम नारायण यादवको हत्या भएको १९ वर्ष भयो हत्यारा पता लागेन । मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पता लागेन जबकि सरकारमा एमाले कैयन पटक नेतृत्व गरि सक्यो । सिरहामा जमीनी कम्युनिष्ट नेताहरु चन्द्रशेखरलाल कर्ण,धर्मनाथ यादव र गङ्गा प्रसाद यादव राम रिझन यादव विश्वनाथ साह लगायतका नेताहरु जनताबाट निर्वाचित हुन सकेन तर रातारात सदस्यता ग्रहण गरेर टिकट पाएकाहरु सांसद चुनिए । विगतदेखि नै सिरहामा बाम दलहरुमा भित्रिएको विकृतिको पहाड छ । नेकपा माओवादी भित्रपनि आपसी एकता नहुँदा सिरहामा आफ्नै कारणले माओवादी कमजोर हुन लागि रहेको छ । २८ औ जनयुद्ध लहानमा दुई ठाउँमा आयोजना गरेर गुटलाई मल दिएको छ ।

२०७४ मा अजय शङ्कर नायक अविनाश र २०७९ को चुनावमा विश्वनाथ साह पराजित हुनु पार्टीमा मौलाएको गुटकै कारण रहेको देखियो । २०७४ मा ६ स्थानीयतह जितेका माओवादी एक स्थानीय तहमा झर्नुमा आपसी विवाद प्रमुख कारण नै हो । पार्टीमा विवाद सैद्यान्तिक नभएर नितान्त व्यक्तिगत स्वार्थसँग जोडिएकोले नेकपा माओवादीले कसरी आन्तरिक विवाद मिलाएर एक हुने माओवादी समर्थकहरुमा चिन्ताको विषय बनि रहेको छ । सबै बाम एक ठाम हुनुपर्छ आम बाम समर्थक जनतामा देखिन्छ ।

एमाले र माओवादीबीच बनेको गठबन्धन भएर बनेको सरकार निरन्तर चल्नुपर्छ । पुस १० को सहमति अनुसार अघि बढ्नु नै पर्छ तर सहमतिलाई परस्कृत गर्न प्रचण्डलाई पाँच वर्ष नै सरकारको नेतृत्व गर्न दिनुपर्छ ताकि एकताको लागि विश्वासको वातावरण बनोस् । केपी ओलीसँग भयभीत रहनु भएको प्रचण्डलाई विश्वास दिलाउन ओलीको पहल हुनुपर्छ । पुस १० को सहमति एकताको लागि कोसेढुङ्गा सावित होस । बाम आन्दोलनमा मौलाएको सारा विकृति अन्तय होस् । ” शब्दहरू मिठासपूर्ण र समय सान्दर्भिक भएकोले जस्ताको त्यस्तै उनका फेस अफ पेजबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker