मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

लहान २४ गाेबिन्द्पुरमा लायन्स क्लब अफ फुलबारीकाे स्वस्थ्य शिबिर सम्पन्न

लायन्स क्लब अफ फुलबारि द्वारा आयोजित निशुल्क स्वास्थ्य जाँच शिबिर लहान २४ गाेबिन्द्पुरमा भब्यता साथ सम्पन्न भएकाे छ।

सितल साह,लहान,माघ २५ गते। लायन्स क्लब अफ फुलबारि द्वारा आयोजित निशुल्क स्वास्थ्य जाँच शिबिर भब्यता साथ सम्पन्न भएकाे छ।

लहान वडा नं.-२४ गाेबिन्द्पुरमा आयोजित साे शिबिरकाे अध्यक्षता क्लबका उपाध्यक्ष शंकर प्रसाद गुप्ताले गर्नु भएकाे थियाे। प्रमुख अतिथिमा लहान २४ का वडा अध्यक्ष रासलाल राय,जसपा नेपालका वडा समिति संयाेजक चन्देश्वर साह लगायतका भद्रभलादमि बुद्धिजीवी,समाजसेबि र सेबाग्रहीहरुकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे। शिबिरमा क्लबका कार्यकारिणी सदस्य गंगा प्रसाद यादव,श्यामसुन्दर साहकाे उपस्तिथि रहेकाे थियाे भने क्लबका सदस्य समेत रहेका डा.रितेश गिरि,डा. शिशिर यादब र ल्याब तर्फ एल.आर.एलका संचालक बिजय यादब,प्रदिप साह,पवन यादब लगायत टिम द्वारा विशेष चेकजाँच गर्नुको साथै ल्याबकाे लागि ब्लड सुगर पि.पि.र फास्टीङ र पिसाबमा प्रोटिनकाे जाँच समेत गरिएकाे थियाे।

स्वास्थ्य चाैकि गाेबिन्द्पुरका इन्चार्ज गंगा साह र स्वास्थ्य चाैकिमा कार्यरत सम्पूर्ण कर्मचारीकाे बिशेष सहयाेग रहेकाे थियाे।सुरक्षाकाे लागि पक्कीटाेल अस्थाइ प्रहरी चौकीका प्र.ब. शेर बहादुर थापा , प्र.ब.सियाराम यादब ले सुरक्षा दिएका थिए। शिबिर शान्तिपूर्ण तरिकाले सम्पन्न भएकाे थियाे।

शिबिर संचालन बिहान ९ बजे देखि सूरु भएकाे थियाे भन्ने सांझ ४ बजे तिर समापन गरेका थिए। डायबेटिज र ब्लड प्रेसरकाे चेक जाँचकाे साे शिबिरमा २०५ जना बिरामि निशुल्क चेक जाँच गराई निशुल्क औषधि प्राप्त गरि स्वास्थ लाभ लिएका थिए।जसमध्ये महिला ११० र पुरुष ९५ रहेका थिए।जसमध्ये डायबेटिज ४३ जनामा र हाय ब्लड प्रेसर-५९ जनामा भेटिएकाे थियाे भन्ने युरिन प्रोटिन – ४६ जनामा फेलापरेकाे शिबिरमा रहेका डाक्टर टिमले बताउनु भयाे।नसर्ने राेग यसरी व्यापक रुपमा बढिरहेकाे जानकारि गराउदै यस्लाइ नियन्त्रण र राेकथाम गर्न स्वस्थ्यकर खानपिन,दैनिक अभ्यास,बिहान माेर्निङ वाक याेग र नियमित रुपमा चेकजाँच गराई आफ्नो स्वास्थमा सुधार ल्याउन सकिने सुझाब दिनु भयाे।

याे वडा भाैगाेलिक र जनसंख्याको अधारमा निकै ठुलाे रहेकाेले यस्ता स्वस्थ्य शिबिर यसै वडाका अन्य भेगमा पनि संचालन हुनु पर्ने आब्स्यक रहेकाे भन्दै क्लबका टिम लगायत चिकित्सक टिमलाई वडा अध्यक्ष रायले आग्रह गर्नु भएकाे थियाे।

निशुल्क स्वास्थ जाँच गराई निशुल्क रुपमै औसधि पाउँदा स्थानीयहरु निकै खुसि भएकाे एक स्थानीयले बताए।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker