मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

मौषम बदलाव जारी , वर्षाको संकेत ।।।

लगातारको अविरल बर्षा जारी रहने बुझिएको छ । ढिलो गरी शुरू भएको वर्षालाई प्रभावित पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा सरेको अवस्था रहेको कारण वर्षा जारी रहेको छ ।

सितल साह भदौ १०। मधेस प्रदेश । लगातारको अविरल बर्षा जारी रहने बुझिएको छ । ढिलो गरी शुरू भएको वर्षालाई प्रभावित पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा सरेको अवस्था रहेको कारण वर्षा जारी रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ” हाल देशभर आंशिक देखि सामान्य मौषममा परिवर्तन आई कोशी र बागमती प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ । सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुको केही स्थानहरूमा वर्षाको सम्भावना देखिएको छ भने पहाडी भू भागमा हल्का वर्षाको संभावना समेत रहेको छ ।
मौषम बदलेसँगै कोशी, मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जरुरी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker