मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

लाहानमा सप्पिङ कम्प्लेक्स उद्दघाटन ।।।

सिरहाको लहान नगरपालिका वडा नं १ सिङराहि स्थित रहेको नवनिर्मीत भवनको नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख अतिथ्यमा सिङराही माटियर्बा शपिङ्ग कम्पलेकश भवनको समुदघाटन गरिएको छ

लहान माघ २० गते शुक्रवार । सिरहाको लहान नगरपालिका वडा नं १ सिङराहि स्थित रहेको नवनिर्मीत भवनको नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख अतिथ्यमा सिङराही माटियर्बा शपिङ्ग कम्पलेकश भवनको समुदघाटन गरिएको छ ।
करिब ४१ वाटा सटर रहेको तीन तल्ले भवनको निर्माण ठेकेदार सालिग्राम गिरिले ठेक्कामा निर्माण कार्य सम्पन्न गरिएको मेयर चौधरीले बताउनुभयो ।

लाहानमा निर्माण गरिएको नबनिर्मित कम्प्लेक्सको कम्पाउन्ड सौन्दर्यकरणका लागि करिब ४३ लाख बजेट विनियोजन गरिएको बुझिएको छ ।

मञ्चमा वोल्दै मेयर चौधरीले भने ” शैक्षिक थलोको रुपमा रहेको मुरारका क्याम्पसलाई नगरबस हस्तान्तरण गरेर कुनै प्रतिशोध साँधेको होइन ।

गरिब बिपन्न बर्गका बिद्यार्थीले लहानमा चर्को भाडा तिरेर कलाश गर्नु भन्दा गाउँ गाँउबाट बिद्यार्थी आवत जावतमा सहजता हुने र शिक्षामा फडकाे मार्न सफल हुने विश्वासका साथ आफू अघि बढेको मात्र हो ।”

त्यस्तै उनले अघि थप्दै भने ” पुरानो नगरपालिका स्थित १६ करोडमा सपिङ्ग कम्प्लेक्स निर्माण कार्यका लागि ठेक्का पनि लागि सकेको छ । फोहरबाट मोहर बनाउन सि एन्जि कम्पनी बाट ग्याँसमा चल्ने सातवटा बस संचालन हुने अवस्था रहेको देखिन्छ । यसका लागि लागी रोड पार्किङग्को ब्यवस्था भएपछी केही महिनापछि वडाहरुमा सात वटा नगर बस गुडाउने छु र बिरामिको रगत जाँचका लागि आधुनिक उपकरण र अस्पताल सन्चालन गर्न तयारी अवस्थामा रहेको जानकारी दिए ।

लाहानमा बिगतका दिनमा बनेका भौतिक संरचना अन्तर्गत भानुभक्त वाचनालयलाई चाडैं स्तरउन्नती गरी आवस्यक सबै व्यबस्थापकीय बातावरण मिलाउने उद्घोष गर्नु भएको थियो ।

नगरपालिकाबाट भुक्तानी भएको लहान न पा का प्रमुख प्रशासकिय अधिकुत सत्रुधन चौधरीले बताउनुभएको छ । त्यस्तै वडा १ का वडा अध्यक्ष जुगल किसोर चौधरीले भने यो वडामा बर्षा समयमा डुबान पर्दै आइरहेकोले भब्रा नदि नियन्त्रण तथा ब्यबस्थापन
लागि नगर प्रमुख सँग आग्रह गरे । समयमा उद्दघाटन गरेर संचालनमा ल्याएको कम्प्लेक्स एउटा सफलता मानिएको अवस्था रहेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker