मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

नवजात शिशु फालिएको अवस्थामा फेला ।।।

निर्दयी पनाको अन्तिम सीमा नाघ्दै आएको हाम्रो समाजमा निर्दोष शिशुहरू प्रति किन गरिन्छ अत्याचार ? अबैध सम्बन्धबाट जन्मिएका शिशुलाई निर्मम तरिकाराले चिसोको समयमा यसरी झाडीमा फाल्ने आमा बुवा काे हाेला ?

सीरहा, माघ ५ । निर्दयीपनाको अन्तिम सीमा नाघ्दै आएको हाम्रो समाजमा निर्दोष शिशुहरू प्रति किन गरिन्छ अत्याचार ? अबैध सम्बन्धबाट जन्मिएका शिशुलाई निर्मम तरिकाराले चिसोको समयमा यसरी झाडीमा फाल्ने आमा बुवा काे हाेला ? सिराहाको वारियरपट्टीमा केही महिना अगाडि फालिएको अवस्थामा एक नवजात शिशु फेला परेको थियो भने गत वर्ष धनगढीमाईको जिरो माइलमा समेत शिशु फेला परेको घटना सेलाउन नपाउँदै फेरि सिरहाको मिर्चैयामा नवजात शिशु फालिएको अवस्थामा फेला पर्नु चिन्ताको विषय बनेको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नं.६ फुलबरीयाँ जाने बाटाेमा रूखको झारिमा नवजात शिशु(छाेरा) फालेको अवस्थामा फेला परेको छ । अाज दिउँसो करीब १५.३० बजेको समयमा मिर्चैयाको वडा नं ६ मटियर्वा स्थित पूर्व पश्चिम राजमार्गको उत्तरमा करिब सडकदेखि २०/२५ मिटरको दूरीमा झाडीमा लुगाले बेरेर फालेको अवस्थामा नवजात शिशुलाई स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । तत्काल घटनास्थलमा पुगेका प्रहरीका अनुसार शिशुको मृत्यु भइसकेको हुनाले घटना मुचुल्का उठाइ पोस्टमार्डमका लागि लाहान सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ भने घटाना बारेमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker