मिति:- ५ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकसमाचारस्थानीय खबर

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

मधेश प्रदेशको सिरहा जिल्ला बरियारपट्टीबाट श्रोत नखुलेको अबैध नेपाली रुपैयाँ सहित अविजितलाई बि.ओ.पी बरियारपट्टीले पक्राउ गरेको छ ।

ओम प्रकाश यादव,लहान १५ माघ । मधेश प्रदेशको सिरहा जिल्ला बरियारपट्टीबाट श्रोत नखुलेको अबैध नेपाली रुपैयाँ सहित अविजितलाई बि.ओ.पी बरियारपट्टीले पक्राउ गरेको छ । सिरहा जिल्लाको बरियापट्टी गाउँपालिका ३ स्थित बरियारपट्टी सीमाबाट माघ १४ गते चार लाख त्रिपन्न हजार आठ सय चालिस नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला जयनगर ५ बिहार घर बताउने ३७ वर्षिय अविजित कुमारलाई बिओपी बरियारपट्टी बि.ओ.पीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । बरामद भएको नेपाली रुपैयाँमा १ हजार दरको ४ सय ४६ वटा, ५ सय दरको १४ वटा, १ सयको ५ वटा, ५० को ६ वटा र २० को २ वटा नोट रहेका छन् । बरामद रुपैयाँसहित उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker