मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकासमाचार

सिमा नाका शिल गर्ने प्रशासनको सूचना जारी ।।।

नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर चार गतेलाई लक्षित गर्दै छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा आवत जावतलाई रोक्नका लागि सीमा नाकाहरु शिल हुन थालेका छन् ।

सितल साह कार्तिक ३० । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर चार गतेलाई लक्षित गर्दै छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा आवत जावतलाई रोक्नका लागि सीमा नाकाहरु शिल हुन थालेका छन् ।

निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका कञ्चनपुर जिल्लाका संपूर्ण सिमानाकाहरु मंसिर १ गतै राती १२.०० बजेदेखि मंसिर ४ गते राती १२.०० सम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्लामा भारतीय नाकाबाट आम मानिसको आवत जावत भई उत्पन्न हुनसक्ने परिस्थितिलाई विचार गर्दै सीमा नाकाहरू बंद गरिने भएको हो ।

कञ्चनपुरको सुरुक्षा व्यवस्थालाई कायम गर्नका निम्ति प्रशासनले लिएको निर्णयलाई जिल्ला बासीहरुले सकारात्मक रूपमा लिएको बुझिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker