मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

शितलहरमा धनगढीमाई नगरपालिका दर्शक ।।।

नेपालमा मौषमी पछिमी वायुको प्रभावले आम जीवन कष्टकर बन्दै गएको छ ।

सितल साह पुस २३ । नेपालमा मौषमी पछिमी वायुको प्रभावले आम जीवन कष्टकर बन्दै गएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका भित्र शितलहरको प्रभाव देखिएता पनि नगर प्रमूख दर्शक बनिरहेका छन ।

अाम स्थानियलाई राहतस्वरूप दाउरा वितरण गर्नु पर्ने अवस्थामा दर्शक बनेका यहाँका प्रसासनीक निकायले विद्यालयहरू तत्काललाई बन्द नगरेर आम बालबालिकाको अधिकारलाई कुण्ठित गरेको पाइन्छ ।

भौगोलिक रूपमा विकट मानिएको सिरहाको यस नगरभित्रका वडा नं १४ का विद्यालयहरूमा यतिबेला बालबालिकाहरू चिसोको कारण उच्च जोखीम अवस्थामा हुँदा पनि शिक्षा शाखा ज्याकेट भित्र बसेर मूल्यांकन गरिरहेका छन् भनें उता मेयर शिवशंकर महतो काठमाण्डौ उपत्यका पुगेर आम धनगढीमाईको वर्तमान अवस्थाको पहिचान गरिरहेका छन ।

प्रशासकिय अधिकृत गोपाल बगाले समेतले वर्तमान अवस्थाको वास्तविक पहिचान गर्न नसक्नु चिन्ताको विषय बनेको छ ।

समय परिस्थितिलाई विचार नगर्ने धनगढीमाई नगरपालिकाले हालसम्म कुनै राहतको ब्यबस्था गरेको छैन भने आम बालबालिकाको स्वास्थ्यको खयाल नगर्ने शिक्षा शाखाका महामहिम समेतकाे समयमा ध्यानाकर्षण हुन जरूरी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker