मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

कार्यकर्ता भेटघाटमा कंडेल ।

पछिम नवलपरासीकाे निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि चुनाबी मैदानमा उत्रिएका देबेन्द्र राज कँडेल कार्यकर्ता भेटघाटमा व्यस्त देखिएका छन् ।

विनोद मण्डल कार्तिक १३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि पछिम नवलपरासीकाे निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि चुनाबी मैदानमा उत्रिएका देबेन्द्र राज कँडेल कार्यकर्ता भेटघाटमा व्यस्त देखिएका छन् ।

नवलपरासीको सुनवल नगरपालिकाको वडा नं १ शान्ति टोलमा आयोजित कार्यकर्ता भेल्लामा उनले सहभागी सबैलाई छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नु भएको छ।

राजनीतिक चर्चित र चतुर व्यक्तित्व कंडेल नेपाली कांग्रेस पार्टीको तर्फबाट नेपाली राजनीतिक वृत्तमा छुट्टै पहिचान बनाएका व्यक्ति हुन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै उनले विगतमा आफ्ना राजनीतिक यात्रामा गरेको विकास निर्माणका बारेमा जानकारी गराउँदै भावी योजनाका साथ चुनावी अभियानमा सहभागी भएको बताउनु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पार्टीका स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने टोल टोलमा चुनाव प्रचार प्रसार समिति गठन गरेर अगाडी बढ्ने उनका निजी सचिवालयले जनाएको छ ।

सुनवल १ शान्ती टोल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker