मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

उज्यालो हुँदै धनगढीमाई १४ ।

सिरहाको धनगढीमाई १४ को अनुहार फेरिन थालेको देखिन्छ ।

हेम प्रसाद पासवान पुस १२ । सिरहाको धनगढीमाई १४ को अनुहार फेरिन थालेको देखिन्छ ।
सिराहा जिल्लाको विकट मानिएको धनगढीमाई १४ का बस्तीहरू मड्यान, पल्लार, महाजनी, खुट्टी, अमले, गागन लगायतका दुर्गम बस्तीहरुमा यतिबेला विद्युत खाम्भा गाडे सँगै वाइरिङको काम भइरहेको अवस्था रहेको देखिन्छ ।

बाटो घाटो तथा बिजुली बत्तीको सास्ति भोग्दै आएका स्थानीयको अनुहारमा बिजुली उज्यालो आउने पक्का भएपछि स्थानिय खुशी भएका छन् ।

वडा अध्यक्ष अमित ठकुरी निर्वाचित भएपछि स्थानिय स्तरमा सकारात्मक परिवर्तनहरू देखिन थालेको स्थानीयको बुझाई रहेको छ ।

भौतिक निर्माण र विकासका लागि कटिबद्ध भएर लागेका अध्यक्षको एकातिर विहिबारेमा पुल निर्माणको काम आगाडी बढ्नु र अर्कोतिर विजुलीको काम बढ्नुले स्थानिय जनतामा खुशी छाएको अवस्था रहेको पाइन्छ ।
दूरदर्शी वडा अध्यक्षको रूपमा नगरमा कहलिएका अध्यक्ष अमित ठकुरीले आफ्ना भावी योजनालाई नजिकबाट नियाल्दै विकासका लहरहरु उनको कार्यकालमा आगाडी बढ्नुले आम जनतामा भरोसा र खुशी पलाएको अवस्था रहेको पाइन्छ ।

विकट गाउँहरूमा आफैं पुगेर सामाजिक सुरुक्षा भत्ताको लागि उनले बनाएका सहज वातावरणले गर्दा उनलाई चौतर्फी विकासका पारखी भनेर समेत चिन्न थालेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker