मिति:- ४ बैशाख २०८१, मंगलवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedअपराधआर्थिकमुख्य-समाचारसमाचारस्थानीय खबर

पुर्वाधार विकाश कार्यालय सिरहाले आम उपभोक्तालाई शास्ती दिदै।।

मधेश प्रदेश सरकार मातहत रहेका सिरहा जिल्लाकाे पुर्वाधार विकाश कार्यालयले आम उपभोक्तालाई विभिन्न बाहानामा शास्ती दिने काम भईरहेकाे छ।

सिरहा चैत १८ गते,।  मधेश प्रदेश सरकार मातहत रहेका सिरहा जिल्लाकाे पुर्वाधार विकाश कार्यालयले आम उपभोक्तालाई विभिन्न बाहानामा शास्ती दिने काम भईरहेकाे छ।

नेपालको संविधानको धारा ५६ र ५७ वमोजिम यस कार्यालयले नेपालको संविधानको अनुसूची ६, ७ र ९ बमोजिमका अधिकार प्रयोग गर्दै गठन गरेको मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले, प्रदेश सरकार (कार्य विभाजन नियमावली, २०८०) वमोजिम तोकीएको मन्त्रालयको अधिकार क्षेत्र अन्तर्गत यस कार्यालयले जिल्लाको कार्ययोजनाहरु सम्पादन गर्ने अधिकार दिएपनि उक्त कामकाजका लागि कार्यालयले आम उपभोक्तालाई दु:ख दिईरहेकाे पाईएकाे छ।

मधेश प्रदेश सरकारकाे विभिन्न भाैतिक निर्माण, राेड बाटाे आर.सि.सि. ढलान , मर्मत सम्भारका याेजनाहरु रहेका उक्त कार्यालयमा कार्य सम्झौता, कार्य स्टीमेट,साईट चेकजाँच,कार्यआदेशकाे नाउँमा कर्मचारीहरु नै बिचाैलिया मार्फत रकम माग गरेकाे पाईएकाे छ। जुन उपभोक्ताले रकम दिन्छ, पैसाकाे सेटिङ्ग मिल्छ उसकाे कार्य आदेश तुरुन्तै दिने र जाे संग पैसाकाे सेटिङ्ग मिल्दैन, पैसाे दिदैन उसलाई दिनै पिच्छे कार्यलय दाैडाउने काम गरिरहेकाे एक उपभोक्ताले जानकारी दिनु भएकाे छ। पैसा नदिनेलाई याे कागजात मिलेन त्यो मिलेन भनी विभिन्न कागजात माग गरीरहने र महिनाै सम्म कार्यलय दाैडाई रहने गरेकाे पिडित उपभोक्ताहरु बताउछन।

कर्मचारी ,बिचाैलिया देखि हाकिम संग सेटिङ्ग रहेकाे कुरा बताउदै एक उपभोक्ता उक्त कार्यलयका हाकिम रामदेव खर्गा संग कुरा गर्न खाेज्दा माेवाईल स्विच अफ गरेर क्वाटर भित्र बसेका थिए।का.स.मार्फत कुरा पठाउदा साईट इन्चार्ज ज्योति साह संग कुरा गर्न भन्नू भनेर पन्छिनु भएकाे थियाे।यता साईट ईन्चार्ज साह माेवाईल अफ गरेर कार्यलयबाट ४:०० बजे नै निस्किनु भएकाे थियाे।

यसरी जनता तथा उपभोक्ता संग प्रत्यक्ष सराेकार राख्ने कार्यलयले आम उपभोक्तालाई दु:ख दिरहदा सम्बन्धित निकायहरुले यस्ता कार्यलयलाई अनुगमनकाे दायरामा राखि अनुगमन गर्नु पर्ने आवश्यकता रहेकाे हुनाले ध्यानाकर्षण हुनु जरुरी देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker