मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

विष्णुपुरमा गए राति एक पसलमा सामान चोरी ।।।

सिरहाको धनगढीमाई १२ स्थित भरत किराना पसलबाट पसलका सामान चोरी भएको छ ।

 

बिनोद मण्डल पुस १० । सिरहाको धनगढीमाई १२ स्थित भरत किराना पसलबाट पसलका सामान चोरी भएको छ ।

धनगढीमाई 12 को ठूलो पोखरी तल्लो विष्णुपुरमा गए राति चोरी भएको हो । पशलको उत्तरतिरको माटोले लिपेको वालको माथिल्लो भागमा फोडेर करिब ५५ हजार बराबरको किराना सामानहरू चोरी भएको पसल संचालक भरत मण्डलका छोराले बताएका छन् ।

गए राति करिब १ बजेको समयमा भएको चोरीको बारेमा बिहान करीब ५ बजेको समयमा पशल खोल्दा थाहा पाएको मण्डलका छोराले बताएका छन् ।

चोरीको बारेमा ईलाका प्रहरी कार्यालय ठटिया स्थलगत विवरण लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker