मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
खेलकुदशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

कला क्षेत्रका ज्वलन्त उदाहरण बन्दै ब्लू स्काई स्टूडियो ।।।

समाज अाधुनिकता तिर बढिरहेको छ । आज भोलीको युवापिढीमा नाट्य, संगीत, अनी नृत्यको संयोजनलाई आफ्ना जीवनसँग जोडेर हेरिरहेको अवस्था रहेको पाइन्छ ।

विनोद मण्डल पाैष २ सिरहा । समाज आधुनिकता तिर बढिरहेको छ । आज भोलीको युवापिढीमा नाट्य, संगीत, अनी नृत्यको संयोजनलाई आफ्ना जीवनसँग जोडेर हेरिरहेको अवस्था रहेको पाइन्छ ।

समाजमा मनोरञ्जन धार्मिक कार्य देखि अन्य सामाजिक सरोकारका विषयहरूमा आवस्यक देखिन्छ । आजभोलिको युवा पिढीहरुमा क्षेत्रगत हिसाबले समेत मनोरञ्जनलाई अगाडि सारिएको देखिन्छ । लाेक दोहोरी,भोजपुरी ,मैथली ,नेपाली ,हिन्दी आदि सबै क्षेत्रमा आधुनिक गायन वादन अनि नृत्यले आफ्नो वर्चस्व कायम राख्दै आएको पाइन्छ ।

आज भोलिको युवा पुस्ताले मनोरञ्जन र नृत्यलाई आफ्नो जीवनको एउटा अभिन्न अंगको रुपमा लिएर अघि बढिरहेका बेला नवलपरासी जिल्लावाट करिब ४ बर्ष अगाडी आम युवाको चाहनालाई पूरा गर्ने उद्देश्यले उदाएका एउटा नक्षेत्र र प्रतिभाका धनी दीपक साहनीले नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको सञ्चालन गरेर डान्स सिकाउन शुरू गरेका थिए ।

जिल्लामा डान्स सिकाउने अशल ठाउँ नभएकोले उनी स्थानिय पोखरा पाली गाउँबाट देशको राजधानी शहर काठमाण्डौ गएर डान्स सिकेर पुन आफ्नै जिल्लामा फर्किएर डान्स सिकाउन थाल्नुभयो ।

अत्यन्त मिजासलु सरल स्वभावका धनी दीपकले निरन्तर स्थानिय स्तरमा डान्स सिकाउन थाले । आजको समयसम्म आइपुग्दा स्टुडियो व्यवस्थित रूपमा अगाडी बढ्न थालेको छ भने उक्त डान्सलाई निरन्तर रूपमा अगाडी बढाउन एक कार्यसमिति बनाइएको छ । जसमा पदाधिकारीहरु

१-दीपक साहनी (अध्यक्ष)
२-सुर्य प्रशाद रिजाल (उपाध्यक्ष)
३- सुनिल केवट(सचिव)
४-दीपक हरिजन (सहसचिव)
५- मधु भर (कोषा अध्यक्ष )
६- अमिषा जर्घा मगर (सदस्य)
७-लेबिस्का कुमारी चौधरी (सदस्य) लगायतको कार्यसमिति द्वारा संचालित स्टुडियोमा डान्स सिकाउने कार्यक्रम निरन्तर चलिरहेको छ ।

स्टुडियोमा प्रशिक्षकको रूपमा बिकास हरिजन ,अनुष्का वर्मा , लेविस्का चौधरी , दिव्या चौधरी , अमिषा जर्घा मगर रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker