मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

समाजका आदर्श बन्दै उपमेयर संगिता चौधरी ।।।

नगरपालिकाको उपमेयर संगिता चौधरी नगरका समस्यालाई बुझ्न आम जनताको घरमा गएर नगरका जनताको गुनासो संकलन गरिरहेकी छिन् ।

सितल साह , साउन १२, सिराहाको धनगढीमाई नगरपालिकाको उपमेयर संगिता चौधरी नगरका समस्यालाई बुझ्न आम जनताको घरमा गएर नगरका जनताको गुनासो संकलन गरिरहेकी छिन् ।

बाैद्धिक व्यक्तित्वको रूपमा परिचित चौधरीले समाजमा आदर्श कायम भएको खण्डमा मात्र विकाश संभव रहेको बताउँदै आफूले जनताको समस्यालाई सकारात्मक ढंगले लिएर अगाडि बढ्न थालेको देखिन्छ ।

न्यायिक समितिको जबाफदेही बोकेका उपमेयर चौधरीले आफ्नो कार्यकालमा न्याय प्रदान गर्नका ढिलाइ नहुने समेत बताएका छन् ।

समाजमा हरेक किसिमका सामाजिक समस्या उत्पन्न हुने र ती सबैको समाधान सकारात्मक विचार भएकोले पार्टी र सँगठनभन्दा माथि उठेर जनताको काममा जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउँदै धनगढीको हरेक वडाहरूमा नियमित अनुगमन आजको आवश्यकता भएको धारणा राख्दै आफू नियमित रूपमा अघि बढ्ने जानकारी गराउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker