मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

दुखद संघर्षका बीच जीवन पाल ।।।

गरीबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझ दुःख दे "

 

बिनोद मण्डल पुस १ । सिराहा जिल्लाको धनगढीमाई ६ बसन्तपुर घर भएका जीवन पाल दुःखै दुःखको घेरामा जीवन जीउन विवस भएका छन् ।

करीब ३१ वर्षिय पाल आफ्ना बाल्यकालमा आमा बुबाको न्यानो काखको अनुभव गर्न पाएन भने उमेर बढेसंगै जगतारैन पालसंग विवाह भयो तर विडम्बना विवाह लगतै पालको सासु ससुरा बिते ।

सृुस्त मनस्थितिका पालकाे बोलि स्टपष्ट नआउने पालको एक मात्र सहाराको रूपमा रहेकी करिब २८ वर्षीया श्रीमती जगतारैन पालको उपचारको क्रममा मृत्यु भएपछि जीवन पालको जीवनमा यतिबेला ठूलो बज्रपात भएको छ ।

सुत्केरी बेथाको कारण जगतारैन पालले विराट नर्सिगं होम विराटनगरमा यो संसारलाई छोडेपछि अहिले करिब १८ दिनकाे नवजात शिशुलाई काखमा बोकेर संसारलाई सहयोग मागिरहेका छन् ।
घडेरी वाहेक अन्य आयस्रोत नभएको पालका छिमेकी धनेश्वरी देवी पालले बताइन् । नवजात शिशुको यतिबेला पालन पोषण गर्नका लागि पालसंग कुनै अन्य विकल्प छैन ।

नवजात शिशुलाई बचाइ दिन सवै सहयोगीहरुलाई गुहारी रहेका छन् पालले । साथै हेल्पिगं हटलाईन संस्थाले सक्दो सहयोग गर्ने बताएका छन् ।

श्रीमतीको मृत्यु पश्चात सामाजिक सस्कार अनुसार विधि गर्न गाँउलेहरुले चन्दाको सहयोगबाट हिन्दु धर्म अनुसार विधि पुरा गरेको पाल जातका माइन्जन राम अशिष पालले बताए ।

पालले अन्तमा नवजात शिशुलाई बचाइ दिन स्थानिय जनप्रतिनिधीहरु तथा स्थानिय निकायलाई समेत आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker