मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
शिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहाको लहानमा एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न।।

सिरहाको लहानमा एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।

सितल साह पुस २३ । सिरहाको लहानमा एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।

स्वर्गिय वैधनाथ यादवको स्मृतिमा प्याथलोजी (ल्याब) जाँच शिविरका आयोजक एल आर एल लहान ३ काे आयोजनामा लहानको अस्पताल चोकमा बिहान करिब ५ बजे देखि थालिएको निशुल्क स्वास्थ्य शिविरमा सुगर टेस्ट, ब्लड टेस्ट , युरिन टेस्ट , थाइराइड टेस्ट लगायतका टेस्टहरु गरिएको थियो ।

पूर्व पश्चिम राजमार्गको उत्तरी छेऊमा संचालित शिविरमा करिब ३७४ जना आम मानिसहरूले आफ्ना स्वास्थ्यको चेक जाँच गराएका थिए । बजार केन्द्रित शिविर अब ग्रामीण र दुर्गम क्षेत्रमा समेत परिचालन हुने आयोजकले बताएका छन ।

विज्ञ डाक्टरहरुद्वारा चेक जाँच गरिएको उक्त चेक जाँच शिविरमा एक जनाको रगतमा सुगरको मात्रा ६१४ देखा परेको विजय कुमार यादवले बताए ।

संचालित शिविरमा वडा अध्यक्ष रामदयाल महतो,स्थानिय समाजसेवि पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम बेलुका ५ बजे सम्पन्न गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker