मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

हिमालय सुगर मिलद्वारा उखु किसान माे. हारुन राईन सम्मानित ।।।

कार्यक्रममा मिलमा सबभन्दा राम्रो उखु उत्पादन गरेकाे किसानकाे रुपमा उखु किसान माे.हारुन राईन लाई मिलले प्रथम पुरुस्कार स्वरूप विशेष सम्मान गरेका छन ।

सितल साह , मंसिर २६ । सिरहाको नरहा गाउँपालिका स्थित पानवारीमा रहेको हिमालय सुगर मिलले जिल्ला भरीका उखु किसानहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेका छन ।

मिलका जि एम अबधकिसोर यादवको अध्यक्ष्तामा शुरु भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख लगाएत करीब ३०० किसानहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागि किसानहरूले उठाएका उखु सँग सम्बन्धित करिब १२ ओटा मागहरुको सम्बोधन गर्दै नेपालमा संचालित सुगर मिलहरु मध्ये हिमालय सुगर मिल हरेक क्षेत्र बाट पहिलाे स्थानमा रहन सफल भएकाे बताउनु भयो ।

मिलले उपस्थित किसानहरू मध्ये कार्तिक खेती , माघरा खेती र खुट्टी खेती गर्दै आएका किसानहरुलाई मूल्यांकन गर्दै प्रसंशा पत्र र जाडोको लागि बल्याङकेट उपहार दिँदै उच्च सम्मान गरेका छन ।

कार्यक्रममा मिलमा सबभन्दा राम्रो उखु उत्पादन गरेकाे किसानकाे रुपमा उखु किसान माे.हारुन राईन लाई मिलले प्रथम पुरुस्कार स्वरूप विशेष सम्मान गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker