मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

हिमालय सुगर मिल सिरहा द्वारा उखु किसान सम्मानित ।।

सिरहाको चोहर्वामा रहेको देशकै पहिलो स्थानमा रहन सफल हिमालय सुगर मिलले जिल्ला भरीका सफल किसानहरुको उल्लेखनीय उपस्थितिमा केही किसानहरुलाइ उत्कृष्ट किसानको रुपमा सम्मान गरेका छन।

सितल साह, मंसिर २६  सिरहाको चोहर्वामा रहेको देशकै पहिलो स्थानमा रहन सफल हिमालय सुगर मिलले जिल्ला भरीका सफल किसानहरुको उल्लेखनीय उपस्थितिमा केही किसानहरुलाइ उत्कृष्ट किसानको रुपमा सम्मान गरेका छन।

मिलका महा प्रबन्धक (जि एम) अबधकिसोर यादवको अध्यक्ष्तामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथी सहायक सि डी यो आनन्द पोख्रेल र कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख,शस्त्र बल सिरहा डि.एस.पि. जिल्ला भरिका बिशिस्ट ब्यक्ति लगायत अत्यधिक कृषि बिज्ञहरुको उपस्थिति रहेको थियो ।

देशै भरीमा १४ वटा चिनी मिल रहेको मध्ये हिमालय सुगर मिल हरेक क्षेत्र बाट पहिलाे स्थानमा रहन सफल भएकाे छ। हाल यस मिलमार्फत धेरै रोजगारी सिर्जना भएकाे किसानहरुकाे भनाई रहेकाे छ। काेक ,फेनटा लगायत कोल्ड पेय पदार्थमा प्रयोग हुने भएकाेले बजारमा पाइने चिनीहरु भन्दा अलि महंगो हुने गरेकाे यश चिनि मिलले जानकारि दिनु भयाे। यस मिल बाट उत्पादित चिनी उखु किसान स्वयंले उपयाेग गर्न नपाउनु कृषककाे लागि दुखद कुराे रहेकाे एक किसानले गनासाे पाेख्नु भयाे।

सप्तरी सिरहा धनुषा गरि तीन जिल्लामा आफ्ना पहुँच बढाउदै नगदे बाली मार्फत किसान समृद्ध बनाउने उद्देशका साथ अगाडी बढिरहेको मिल मार्फत धेरै युवाहरूलाई रोजगारीको ब्यबस्था गरीसकेको अबस्था छ। उखु खेतीको लागि आब्श्यक सम्पुर्ण खर्चको ग्यारेन्टी र उत्पादन बिक्रीको ग्यारेन्टी समेत मिल बाट रहेकोले बेरोजगार शिक्षित युवाहरु कृषिमा आत्मनिर्भर बन्न जरुरी रहेको देखिन्छ।

आजकाे सम्मान कार्यक्रममा सबभन्दा बढि उखु उत्पादन गरेर मिललाई दिने किसानकाे रुपमा प्रथम पुरुस्कार स्वरुप प्रमाणपत्र र बल्यानकेट लहान २४ गाेबिन्द्पुर का किसान रामप्रकाश महताे ले पाउनु भएकाे थियाे भन्ने उत्कृष्ट उखु उत्पादन गर्ने किसानकाे रुपमा लहान १८ शाेभापुरका माे. हारुन राईनले प्रथम पुरुस्कार स्वरुप प्रमाणपत्र तथा बल्यांनकेट पाउनु भएकाे थियाे।

मिल संचालक अबध किसाेर यादवको अनुसार मापदण्ड बिपरीत प्रयोग भएको रसायनिक बिषादीको नाकारत्मक असर जल जमीन लगायत बातावरण समेतमा असर परेको छ। खेत र पेट दुबै बिरामी छ त्यसकारण पहिला खेतीबाट शुरु गरौ बताउनु भएको थियो।

जिल्ला भरीका धेरै उत्कृष्ट किसानहरुले महत्त्वपूर्ण प्रश्नहरु उठाएका थिए।त्यस्का प्रतिउतर सबैलाई चित बुझ्दो गरि संचालक यादबले जवाफमा फर्काएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker