मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सप्तरीमा मैनबत्ती बालेर प्रेस स्वतन्त्रता खोज्ने तयारी सहित संखनाध ।।।

मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढिरहेका छन ।

 

जनता खबर,सनउन, २४ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढिरहेका छन ।

नेपालको संविधानको भाग ३ को धारा १९ को उपधारा १ र उपधारा ३ को समेत ज्ञानको अभाब देखिएकाे जिल्ला प्रशासन कार्यालय जस्तो गरिमामय कार्यालयको लेटर प्याडको प्रयोग गर्दै भनिएको छ ” सेवा लिन आउने सेवाग्राही पत्रकार सर्वसाधारणले बिना अनुमति कार्यालयको फोटो , भिडियो लगायतका सामाग्री प्रकाशन प्रसारण गरेको खण्डमा कानुनी कारवाही भैजाने सहायक प्रमुख जिल्ला अधिकारी केवन काश्यप अधिकारीको हस्ताक्षर भएको जारी सूचना माथि नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर आपत्ति रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शाहीकालीन उर्दी झै जारी गरेको सूचना आफैमा खेद जनक एकातिर रहेको देखिन्छ भने अर्कोतिर जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा पत्रकारमाथि आक्रमण हुनु , जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेसमा रोक लगाउनु कतिसम्म जायज हो ?
प्रशासनबाट असुरक्षित महसुस गर्दै आएका पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार महासंघ सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेकाे सूचनालाई २४ गते राति ८ बजेसम्मको समय सूचना सच्याउनका लागि अल्टिमेटम दिएको थियो तर जिल्ला प्रशासन कार्यालयले अल्टिमेटमको सुनुवाई नगरेपछि सप्तरी सिडिओको जङ्गे उर्दी फिर्ता लिन महासंघको ३ घण्टाको अल्टिमेटम सके तासै आन्दोलनको शंखनाद भएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीले भोलीदेखी चरणबद्ध आन्दोलनको लागि तयारी हुदै
सप्तरीमा हराएको प्रेस स्वतन्त्रताको मैनबत्ती बालेर खोजीमा जुटेको वुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker