मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधसमाचारस्थानीय खबर

मोटरसाईकल सहित ३ जना मानिस पक्राउ ।।

धनुषा प्रहरीले बाईक चोरी आरोपमा मानिसलाई नियन्त्रणमा लिएका छन् ।

 

सितल साह मंसिर २१ । धनुषा प्रहरीले बाईक चोरी आरोपमा मानिसलाई नियन्त्रणमा लिएका छन् ।

धनुषाको जनकपुर उ.म.न.पा.९ संकटमोचन मन्दिर स्थितमा पार्किङ्ग गरी राखेको On-test कालो/निलो रंगको १५० सि.सि.को पल्सर मो.सा.चोरी भएको भन्ने सुचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह. संजय मण्डल र ट्राफिक पोष्ट जनकपुरधामबाट प्र.ब.ह.बिनोद कुमार मण्डल सहितको टोली ऐ.ऐ. स्थित बागवानिबाट पिकेट टोलिले मो.सा. चोरी गरी भाग्दै गरेको अवस्थामा On-test कालो/निलो रंगको १५० सि.सि.को पल्सर मो.सा. सहित जिल्ला महोत्तरी लोहरपट्टी न.पा.२ मध्येपुरटोल बस्ने अं. वर्ष १९ को शंकर कुमार दासलाई नियन्त्रणमा लिएका छन् ।

साथै मिति २०७९।०८।२० गते बिहान अं.०४;०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मो.सा.चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्काल यस कार्यालय तथा मातहत प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह.एकनाथ सिपलियाको कमाण्डमा प्र.ज.जय कृष्ण ठाकुर सहितको टोली ऐ. १३;०० बजेको समयमा चोरी भएको ज ६ प ७९३१ नम्बरको मो.सा.लिई भाग्दै गरेको अवस्थामा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ बृहत्तर स्थितबाट जि.धनुषा जनकपुर उ.म.न.पा.८ बस्ने अं. वर्ष १९ को दिप नारायण मुखिया र जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. ६ बस्ने अं. वर्ष १९ को सुजित सदालाई नियनत्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker