मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
खेलकुदसमाचारस्थानीय खबर

खवासले पाएँ म्यान अफ दि म्याचको उपाधि ।।

सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा डावर गोल्ड कप जारी रहेको बाैद्धिक व्यक्तित्व अर्जुन ठकुरीले जानकारी दिनुभएको छ ।

खवासले पाएँ म्यान अफ दि म्याचको उपाधि ।।

विनोद मण्डल असाेज १६ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा डावर गोल्ड कप जारी रहेको बाैद्धिक व्यक्तित्व अर्जुन ठकुरीले जानकारी दिनुभएको छ ।

डावरमा जारी रहेको धनगढीमाई दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को अाज भएको दोस्रो दिनको खेलमा कोमल खवास ( जर्सी नम्बर ६ ) म्यान अफ दि म्याच घोषित भएका छन् ।

स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ आयोजित कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष सूर्यमान तामाङले खवासलाई मञ्चमा बोलाएर नगद रू दुई हजार प्रदान गर्नु भएको हो ।

अाज दिउसो करिब ४ बजेर २१ मिनेटमा पेमा यूवा क्लव विराटनगर ११ र पटनाली फुटवल क्लव १३ बीच भएको खेलमा सानदार गोल गरे बापत खवासलाई नगद पुरस्कार स्वरुप दुई हजार प्रदान गरिएको वडा अध्यक्ष सूर्यमान तामाङले बताउनुभयो ।

जारी फुटवल प्रतियोगितामा खेल मैदानमा सवै व्यवस्थापकीय पक्ष मिलाइएको हुनाले खेल अति सुन्दर तवरले शान्त वातावरणका बीच जारी रहेको छ । दिनानु दिन दर्शकको चाप बढिरहेको यस खेल मैदानमा खेल हेर्नको लागि जिल्लाका बिभिन्न भागबाट दर्शकको चाप बढिरहेको अवस्था रहेकाे पाइन्छ भने करिब चार हजारको हाराहारीमा दर्शक फुटवल हेर्नको लागि आउने गरेको पाइन्छ ।

अाजको फुटवल प्रतियोगितामा धनगढीमाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भग्लु महतो , वडा नं १४ का अमित ठकुरी, बौद्धिक व्यक्तित्व श्रवण ठकुरी लगायतको उपस्थितिमा भएको प्रतियोगिताको उद्घोषण अर्जुन ठकुरीले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker