मिति:- १२ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedकृषिसमाचारस्थानीय खबर

किसानकाे खेतमै पुगेर समस्या बुझ्दै उपमेयर महताे

लहान नगरपालिकाका उपमेयर रामचलितर महताे वडा २४ का कृषकहरु माझ आफै पुगेर समस्या बुझेर समाधान गर्ने प्रयास गरिरहेका छन।

 

  1. सितल साह कार्तिक २५ लहान,। लहान नगरपालिकाका उपमेयर रामचलितर महताे लहान वडा २४ का कृषकहरु माझ आफै पुगेर समस्या बुझेर समाधान गर्ने प्रयास गरिरहेका छन।

तरकारि खेति ,धान गहु तथा उखु खेतिमा निरन्तरता दिरहेका किसानहरुलाई समयमा मल खाद बीउ बिजन उपलब्ध गराउनु जनप्रतिनिधिको नाताले आफ्नो दायित्व रहेकाेले आफू मातहत रहेका कृषि सम्बन्धि सम्पूर्ण चिजहरु समयमा उपलब्ध गराउने जानकारि दिनु भयाे ।

बिगत एक दशक देखि तरकारि खेति र उखु खेतिका किसान राम प्रकश महताे संग कुराकानि गर्दै कृषि क्षेत्रका लागि लहानका २४ सै वडालाई सिचाई , मल खाद बीउ बिजन तथा उचित बजार भाउकाे ब्यबस्थापन गर्न आफू सदैब प्रयासरत रहने र कुनै समस्या भए मलाई सम्पर्कगर्न  वा कार्यलयमा आएर सिधै भन्नू हाेला र म सामाधान गर्ने प्रयास गर्ने क कुरा उपमेयर महताे बताउनु भयाे।

अहिले लहान नगरपालिकामा रहेकाे कृषि शाखाले विभिन्न प्रकारका माैसमि तरकारिका बीउ बिजनहरु बितरन गरिरहेकाेले सबैलाई गएर ल्याउनु हाेला भनेर उपमेयर महताेले आग्रह गर्नु भयाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker