मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedपत्रपत्रिकामुख्य-समाचारसमाचार

नेकपा माउवादि अध्यक्ष प्रचण्ड माथि जुत्ता प्रहार

चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।

काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन ।

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ ।

प्रचण्डसहितको टोली मंगलबार जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर सुर्खेत झरेका थिए । जुत्ता प्रहार गर्ने युवाको परिचय खुलाइएको छैन ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अवलचिंगस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker