मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedमुख्य-समाचारसमाचार

मध्यरातमा भूइँचालो मानविय क्षती ।।।।

नेपालको डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र विन्दु बनाएर गएको ६.६ रेक्टरको भूकम्पमा परी ६ जनाको ज्यान गएको स्थानिय मिडियाहरुले जनाएको छ ।

बिनोद मण्डल कार्तिक २३ । नेपालको डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र विन्दु बनाएर गएको ६.६ रेक्टरको भूकम्पमा परी ६ जनाको ज्यान गएको स्थानिय मिडियाहरुले जनाएको छ ।

राती करीब २.१६ बजे डोटी लाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । भूकम्पले घर भत्किँदा डोटीको पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा , ७ वर्षीय छोरा हर्क बोहरा,४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार

भूकम्प आँउदा भाग्ने क्रममा आफ्नो गाउँमा कम्तीमा १५ जना घाइते भएको उपाध्यायले जानकारी दिनुभयो ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्र विन्दु भएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

डोटीको गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित भएका थिए भने

उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेको स्थानियलाई उद्दृद गर्दै स्थानीय मिडियाहरुले जनाएको छ ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय डोटीको फोनमा पटक पटक सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेको छैन । श्रोत समाजिक सञ्जालबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker