मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedआर्थिकमुख्य-समाचारसमाचार

आन्दोलित हुँदै सिरहाका व्यापारीहरु ।।।

सिरहामा रहेका बैक र वित्तीय संस्थाहरुको दादागिरीको कारण आम उपभोक्ताहरु चर्को ब्याजको मारमा पर्न थालेपछि स्थानीय व्यापारीहरु आन्दोलित भएका हुन् ।

हेम प्रसाद पासवान कार्तिक २१ । सिरहामा रहेका बैक र वित्तीय संस्थाहरुको दादागिरीको कारण आम उपभोक्ताहरु चर्को ब्याजको मारमा पर्न थालेपछि स्थानीय व्यापारीहरु आन्दोलित भएका हुन् ।

समयमा ऋण उपलबध नगराउने, ऋण लिनको लागि अनेकन जालझेलको बखेडा झिक्दै आफ्ना नजिककालाई मात्र ऋण दिने सिरहाका बैंकहरुले मनोमानी तरीकाले लिई राखेको ब्याजको बिरोधमा गोलबजारका ब्यापारीहरुद्वारा बिरोध प्रदर्शन गरिएको छ ।

स्थानिय बैंकहरुले आफ्ना नजिकका आफन्त मान्छेलाई मात्र ऋण दिने गरेकाे देखिन्छ भने अर्कोतिर बैंक र वित्तीय संस्थाहरुले ऋण दिई हालेको खण्डमा अनावश्यक रूपमा कागज पटक पटक पेस गर्नुपर्ने हुन्छ भने बैंकका कर्मचारीहरु धरौटीको लागि मूल्यांकन गर्न आउँदा उनीहरुलाई कमिसन दिनुपर्ने बाध्यताका बीच चर्को ब्याजको मारमा परेका आम उपभोक्ताहरु चर्को ब्याजको विरुद्धमा गोलबजारमा बिरोध प्रदर्शन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker