मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedअपराधपत्रपत्रिकामुख्य-समाचारसमाचार

पाकिस्तानका पूर्री प्रधानमन्त्रि इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एक विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ

पाकिस्तानका पूर्री प्रधान मन्त्रि इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एक विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ।

उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्।उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्।

सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भइरहेका थिए।एएफपी समाचार संस्थासँग बोल्दै उनका वरिष्ठ सहयोगीले भने, “यो उनको हत्या गर्ने प्रयास थियो।”पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्।

पाकिस्तानको जियो टेलिभिजनका अनुसार एकजना संदिग्धलाई पुरुष पक्राउ गरिएको छ।गत महिना पाकिस्तानको निर्वाचन आयोगले खानलाई सार्वजनिक पदका लागि अयोग्य ठहर गरेको थियो।त्यसलाई पूर्व क्रिकेटर समेत रहेका खानले राजनीतिक रूपमा अभिप्रेरित भएको आरोप लगाएका छन्।

उनीमाथि विदेशी प्रतिष्ठित व्यक्तिले दिएको उपहार र बिक्रीबाट प्राप्त रकमको विवरण गलत रूपमा सार्वजनिक गरेको आरोप लागेको थियो।त्यस्ता उपहारहरूमा रोलेक्स घडीहरू र औंठीलगायत सामेल थिए।।।(साभार) सामाजिक संजाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker