मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
कृषिसमाचारस्थानीय खबर

वर्षाका कारण बस्ति तथा बाली डुवानमा ।।।।

मौसम बदलावसँगै परेको अविरल वर्षाका कारण घर तथा धान बाली डुवानमा परेका छन् ।

वर्षाका कारण बस्ति तथा बाली डुवानमा ।।।।

सितल साह, असाेज २२ । मौसम बदलावसँगै परेको अविरल वर्षाका कारण घर तथा धान बाली डुवानमा परेका छन् ।

समयमा पानी नपर्दा आम किसानले सास्ति भोग्दै कष्टपूर्ण तरिकाबाट बोरिङ र अन्य तवरले आफ्ना खेतमा लगाएका कृषिजन्य बालीहरू अविरल वर्षाका कारण डुवानमा पर्दा स्थानिय किसानहरू चिन्तित बनेका छन् ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ शंकरपुर र सरावलको खडौंना, रामपुर लगायतको भूभागहरू डुवानमा परेका छन् । उक्त ठाउँमाहरुमा रहेकाे बस्तीहरू एकातिर डुवानमा परेको छ भने अर्कोतिर स्थानिय किसानहरूले लगाएको धानबाली डुवानमा परेर नष्ट हुने प्रवल सम्भावना रहेको अवस्थामा पाल्हिनन्दन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष फातुमा खातुन अन्सारी लगायतको टोलीले क्षतिको स्थलगत अनुगमन तथा मूल्यांकन गर्नू भएको छ ।

स्थानिय बस्तीहरूमा पानी पसेर आवात जावतमा कठिनाई उत्पन्न हुनुको साथै आम किसानको धानबाली नष्ट हुने सम्भावना बढेको अवस्था रहेको पाइन्छ । वर्षेनी वर्षाको पानीले दुःख दिँदा पनि पानीको उचित निकास नहुनु चिन्ताको विषय बनेको अवस्थामा यसरी पानीले बस्ती र बालीमा असर पुगाउने वातावरण रहिरह्यो भने आम किसानले उब्जाएको धान बाली डुवानबाट जोगाउन नसक्ने अवस्था प्रती स्थानहरूले चिन्ता ब्यक्त गरेका हुन् । श्रोत सामाजिक सञ्जाल फेसबुकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker