मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

फोहोर राजनितिका बीच स्वास्थ संस्था र शस्त्र प्रहरी क्याम्प।।

सिरहाको गोलबजार नगरपालिकाको वडा नं ६ स्थित पूर्व पश्चिम राजमार्गको समीप उत्तरी छेउमा रहेको शस्त्र प्रहरी बल र स्वास्थ्य संस्था फोहोरी खेलको कारण दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाईन्छ ।

फोहोर राजनितिका बीच स्वास्थ संस्था र शस्त्र प्रहरी क्याम्प।।

सितल साह, असाेज १८ । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ६ स्थित पूर्व पश्चिम राजमार्गको समीप उत्तरी छेउमा रहेको शस्त्र प्रहरी बल र स्वास्थ्य संस्था फोहोरी खेलको कारण दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाईन्छ ।

आम जनताको स्वास्थ्य सेवाको रुपमा रहेको स्वास्थ्य संस्था अगाडी लामो समयदेखि अगाडी पानी जमेर हिलाम्य भएको छ भने संस्थाको अगाडि थुप्रिएको फोहोरले गर्दा उक्त ठाउँको वातावरण दुर्गन्धित भएका छन् । मुख्य बाटोको अवस्था जीर्ण बनेपछि सेवा ग्राहीलाई आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ भने अर्कोतिर शस्त्र प्रहरी बल अगाडी पानी जमेर बाटो पोखरीमा परिणत भएपछि उक्त पोखरीमा जम्मा भएको किटाणुले सेवा ग्राही झन विरामी हुने समस्याले गर्दा स्थानियलाई दुखित तुल्याएको छ ।

पश्चिमी छेउमा शस्त्र प्रहरी बल, पूर्वमा स्वास्थ्य संस्था र उत्तरमा रहेको नेपाल प्रहरी लगायतको सबै कार्यालय उच्च जोखिमका बिच उभिए पनि गोलबजार नगरपालिका मुख दर्शक बनिरहेका छन् ।


स्थानियको गुनासोलाई लिएर वडा नं ६ का वाडा अध्यक्षलाई  सम्पर्क गर्दा बिवादका कारण उक्त ठाउँमा फोहोर थुप्रिएको अनी जीर्ण भएको बताउनु भएको छ ।

गोलबजार नगरपालिकाको उक्त ठाउँमा रहेको फोहोरको ब्यबस्थापन सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी ज्युसँग सम्पर्क गर्दा आफूले यस विषयमा गोलबजारका मेयरसँग कुरा अगाडी बढाउने बताउँनु भयो ।सम्पर्क गर्दा बिवादका कार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker