मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
दुर्घटनाशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

विद्यालय मै प्रधानाध्यापक झुण्डिएको अवस्थामा फेला ।।।

सिरहाको गोलबजार नगरपालिका वडा नं ३ स्थित रहेको एक बिद्यालयका प्रध्यानाध्यापक झुण्डिएको अवस्थामा फेला परेको छ ।

विनोद मण्डल, कार्तिक १९ । सिरहाको गोलबजार नगरपालिका वडा नं ३ स्थित रहेको एक बिद्यालयका प्रध्यानाध्यापक झुण्डिएको अवस्थामा फेला परेको छ ।

गोलबजार नगरपालिका वडा नं ३ स्थित रहेको श्री सरस्वती माध्यामिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह कार्यरत रहेकै विद्यालयको एक कोठामा पासो लागेको अवस्थामा फेला परेको हो ।

आज बिहान करिब ८ बजेको समयमा अन्दाजी वर्ष ५० का उक्त विद्यालयमा कार्यरत प्रधानाध्यापक शाह झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीको टोली करिब ११ बजेर २० मिनेटको समयमा घटना स्थलमा पुगेको थियो ।

विद्यालयको तीन तले भवनको माथिल्लो भागमा रहेको सभा हलमा उनी झुण्डिएको बताइएको छ ।

विद्यालय परिसरमा प्रधानाध्यापक के कति कारणले झुण्डिएको भन्ने बारे केही खुलेको छैन ।

घटनाको बारेमा अनुसन्धान जारी रहेको र वस्तु स्थितिको बारेमा मुचुल्का उठाई शवलाई पोस्ट मारडमका लागि काठमाण्डौ स्थित टिचिङ हस्पिटल लैजाने तयारीको बारेमा सल्लाह भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker