मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

प्रदेश सभा सदस्य निर्वाचनको लागि शाह चुनाबी मैदानमा आउँने पक्का ।।।

देशमा राजनितिक परिवर्तनको महान जनयुद्धका एक जना जिउँदो सहिद आसन्न निर्वाचनको चुनावी मैदानमा आउने भएका छन् ।

प्रदेश सभा सदस्य निर्वाचनको लागि शाह चुनाबी मैदानमा आउँने पक्का ।।।

सितल साह असाेज १२ । देशमा राजनितिक परिवर्तनको महान जनयुद्धका एक जना जिउँदो सहिद आसन्न निर्वाचनको चुनावी मैदानमा आउने भएका छन् ।

सप्तरी जिल्लाको तत्कालीन रायपुर गाउँविकास समिति वडा नं ८ तथा हाल रूपनी गाउँपालिका वडा नं २ का अरुण कुमार शाहले समाजको विकृति विसंगतिको वारेमा खरो आवाज निकाल्दा उनलाई तत्कालीन अवस्थामा राजविराजको कारागारसमेत चलान गरियो ।

सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ क अन्तर्गत प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा माओबादी केन्द्रबाट आउने पक्का भएको उनका पारिवारिक स्रोतले जनाएको छ ।

माओबादी जनयुद्धको समयमा जनमुक्ति सेनामा समेत काम गरेका शाहले बाबुराम भट्राई नेतृत्व पार्टीको जिल्ला तहको मूख्य पदमा रहेर काम गरिसकेको शाह स्पष्ट वक्ता हुनुका साथै राजनितिक जीवनको लामो अनुभव बटुलेका शाहले समाजको आधारमा टेकेर चुनावी मैदानमा आउने आफू पक्का भएको बताउनु भएको छ ।

माओबादी जनयुद्धका समय थुप्रै यातनाहरु भोगिसकेको शाह सारीरिक अपाङ्ग समेत रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker