मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
पत्रपत्रिकामुख्य-समाचारसमाचार

लाेसपाकि पुर्ब मन्त्री चाैधरि काङ्ग्रेस पार्टीमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार साँझ कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता लागू भएकै दिन आचारसंहिता विपरीत सरकारी निवासको दुरुपयोग गर्दै लोसपा नेता चौधरीलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

२०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष १८ दिने मन्त्री बनेकी थिइन् । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, अदालतको आदेशका कारण उनको मन्त्री पद गएको थियो ।
नेताहरूका अनुसार चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको हो । सर्लाही–४ मा कांग्रेसबाट उम्मेदवारका लागि महामन्त्री गगन थापाको नाम सर्वसम्मत सिफारिस भएर आएको छ भने प्रदेश कार्यसमितिले सो क्षेत्रबाट २०७४ मा निर्वाचित सांसद अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker