मिति:- २८ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
खेलकुदसमाचारस्थानीय खबर

लहान २४ द्वारा वडा स्तरीय फुटबल खेलाडि छनाैट प्रक्रिया सुरु

लहान २४ गाेबिन्द्पुरमा आयोजित वडा स्तरीय फुटवल वडा खेलाडि छनाेट प्रतियोगिता कार्यक्रम वडा सदस्य भाेगिन्द्र पासमानकाे राेहबरमा सुरु भएकाे छ।

सितल साह असाेज १०। लहान नगरपालिका वडा २४ गाेबिन्द्पुरमा आयोजित वडा स्तरीय फुटवल वडा खेलाडि छनाेट प्रतियोगिता कार्यक्रम सुुुरु भएकाे छ।असाेज १० गते देखि संचालनमा आएकाे साे कार्यक्रम  अशाेज १८ गते सम्म हुने छन। यस  कार्यक्रमकाे संचालक समिति वडा २४ का निर्बाचित जनप्रतिनिधिहरु रहेकाे छन।कार्यक्रम वडा सदस्य भाेगेन्द्र पासमानकाे बिशेष पहलमा आयोजना भएकाे छन।यसरी वडा स्तरीय खेलाडि छनाैट गरेर वडा फुटवल टिम लाई अगाडि प्रोत्साहन गर्न लाग्नु भएकाे वहाकाे भनाई रहेकाे छ।

यस प्रतियोगितामा वडा भरिका ८ वटा विभिन्न टिमहरुसंग एक आपसमा प्रतिस्पर्धा हुने छन। प्रतिस्पर्धा हुने विभिन्न टिमहरु मध्येबाट सबैभन्दा उत्कृष्ट खेलाडिहरु छनाेट गरेर एउटा वडा फुटबल टिम छनाेट हुने बताउनु भएकाे छ। छनाेट भएका उत्कृष्ट खेलाडिकाे टिमलाई वडा बाहिर भईरहेका विभिन्न फुटबल प्रतियोगिता खेलकालागि पठाउने याेजना रहेकाे वडा सदस्य भाेगेन्द्र पासमानले बताउनु भएकाे छ।

उक्त खेलमा बिजय हुने पहिलाे र दोस्रो टिमलाई पुरुस्कार स्वरूप शिल प्रदान गर्ने छन भन्ने सम्पूर्ण खेलाडि मध्येबाट उत्कृष्ट खेलाडि छनाेटमा परेकाहरुलाई वडाबाट प्रमाणपत्र बितरण गर्नेछन् ।

उक्त कार्यक्रमका सभाअध्यक्ष वडाका निर्बचित वडा अध्यक्ष रासलाल राय राजपुतले गर्नु भएकाे थियाे भन्ने कार्यक्रममा बिभिन्न पार्टीका प्रतिनिधिहरुकाे बाक्लो उपस्तिथि रहेकाे थियाे। जसपा नेपालका वडा समिति अध्यक्ष चन्देश्वर साह,माउबादि केन्द्रका उपेन्द्र पासमान , नेकपा एमालेका शुरेश यादब, काङ्ग्रेसका किसाेरि रायले आफ्नो मन्तब्य राख्नु भएकाे थियाे।भन्ने वडा अध्यक्ष रायले आफ्नो मन्तब्य राख्दै खेलमा छनाेट भएका खेलाडिलाई सधै वडाबाट अग्रसरको लागि सहयाेग गर्ने भनी प्रतिबद्धता जनाउदै खपानिटाेल टिम र झुटकिका खेलाडिहरुलाई खेल अगाडि बढाउनकाे निम्ति टीका लगाएर शुभकामना दिदै एम्पाएरलाई फुटबल हस्तान्तरण गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker