मिति:- ७ बैशाख २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आर्थिकसमाचारस्थानीय खबर

लाहानकाे आंशिक सडक कालोपत्रे हुदै ।

शहरी विकास तथा भवन निर्माण आयोजनाद्वारा लहान न पा काे आंशिक सडक कालोपत्रे हुने पक्का भएको छ ।

लाहानकाे आंशिक सडक कालोपत्रे हुदै ।

सितल साह , असाेज १०। शहरी विकास तथा भवन निर्माण आयोजनाद्वारा लहान न पा काे आंशिक सडक कालोपत्रे हुने पक्का भएको छ ।

लहान बजार केन्द्रित सडकहरु कालो पत्रे हुँदैमा लाहान नगरपालिकाको समग्र सडक विकासलाई जोड्न नहुने स्थानियको बुझाई रहेकाे पाइन्छ । लहानकाे पर्यटन क्षेत्रको रूपमा परिचित स्थलहरू मानिक दह, देबी दह, खप्टे डाँडा, बानो लगायतको ग्रामीण भेगमा सडक मर्मतको समान्य काम पनि नभएको अवस्था रहेको पाइन्छ । लाहानको संग्रह सडक विकाशको काम नभएपनि सामान्यतया यसलाई सकारात्मक रूपमा लिनु पर्छ भन्ने कतिपयको बुझाई रहेको छ ।

शहरी विकास तथा भवन निर्माणको आयोजना कार्यालय,राजबिराजले लहान न.पा. भित्र विभिन्न सडक र कमर्सियल कम्प्लेक्स निर्माणको लागी रु.५०,००,०००००/- पचास करोडको टेन्डर प्रकाशन गरेको छ।
बोलपत्र खोल्ने र पेश गर्ने अन्तिम मिति:- २०७९/०७/१५(1st Nov,2022)

५० कराेडकाे टेण्डरमा लहानमा निर्माण हुने याेजनाहरु :-
१. हाईवे देखि ईलाका प्रशासन जाने टाउन प्लानिङ्गकाे ६५ फिटे सडक कालाेपत्र
२. राजदेवी मन्दिर जाने विरनगर चौकदेखि मन्दिर सम्म सडक कालाेपत्र
३. ग्रामीण चौक देखि वस्तीपुर स्कुल सम्म सडक कालाेपत्र
४. हुलाकदेखि सहनी टाेल हुदै अस्पताल पछाडी सम्म सडक कालाेपत्र
५. कालाबन्जर स्कुलदेखि माेतिपुर सम्म सडक कालाेपत्र
६. नगरपालिकाकाे पुरानाे जिर्ण संरचना भत्काएर कमर्सियल कम्पलेक्स निर्माण

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker