मिति:- ६ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

पर्यटन क्षेत्रको रूपमा लहान २४ का मानिकदह ।।।

सिरहा जिल्लाको उत्तरी पूर्वी भेकमा अवस्थित अर्थात् लहान न.पा वडा न.२४ साबिक मलहनमा गोबिन्दपुर गाबिसको धरोहर, पहिचान, स्वाभिमानको रुपमा प्रख्यात मानिकदह धार्मिक, पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेको छ ।

पर्यटन क्षेत्रको रूपमा मानिकदह ।।।

सितल साह, असाेज ६ । सिरहा जिल्लाको उत्तरी पूर्वी भेकमा अवस्थित अर्थात् लहान न.पा वडा न.२४ साबिक मलहनमा गोबिन्दपुर गाबिसको धरोहर, पहिचान, स्वाभिमानको रुपमा प्रख्यात मानिकदह धार्मिक, पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेको छ ।

प्राचीन कालमा मैसोथा राज्यको राजा श्री सलहेशले आफ्नो दैनिकी कार्यको क्रममा मानिकदहमा स्नान गर्न आउथे । स्नान गरेर उनि आफ्नो धार्मिक सांस्कृतिक कार्यसँगै पुजा पाठ गरी राज्य संचालनका कार्यमा जाने गरेको जनविश्वास रहेकाे पाइन्छ ।

मानिकदह एउटा विशाल तालकाे रूपमा रहेको पाइन्छ । पोखरीको पश्चिम डिलमा राजा श्री सलहेश सहित माता मालिनिको मन्दिर, भगवती मन्दिर, ग्रामदेबता श्री डिहवार/डिहबारनी मन्दिर, लगायत मानिक सरदार गहबर पनि रहेकाे छ ।


उत्तरी क्षेत्रमा जङ्गल तथा सानो दलित बस्ती साथै मानिकदह बजार पनि छ। हरेक बर्ष बैशाख 1 गते नयाँ बर्षको दिन भब्य मेला लाग्ने गर्छ यस ठाउँमा । यस ठाउँमा लाग्ने मेलामा देश तथा बिदेशबाट लाखौको संख्यामा आएका पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ ।

यस क्षेत्रमा पर्यटनको विकास गर्ने हो भने बार्षिक आय करोडौँ हुन्छ तर यो क्षेत्रको सुधार गर्न कुनै सरकारी निकायलाई कुनै चासो नदेखिएको कारण पर्यटन विकास ओझेलमा परेको अवस्था रहेको पाइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker