मिति:- २८ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

दुर्गम बस्तीमा बिजुली बत्तीको उज्यालो प्रकाश सहित अमित ठकुरी स्थानिय हर्षित ।।।

मधेश प्रदेशको सुगम जिल्लाको दुर्गम ठाउँ सिराहा जिल्लाको अति नै बिकट मानिने धनगढीमाई नगरपालिका वाडा नम्बर १४ को मनायन खोलास्थित बस्तीमा बिजुली बत्ती सुचारु भएको छ ।

सिराहाको दुर्गम बस्तीमा बिजुली बत्तीको उज्यालो प्रकाश सहित अमित ठकुरी स्थानिय हर्षित ।।।

सिरहा भदाै २९। मधेश प्रदेशको सुगम जिल्लाको दुर्गम ठाउँ सिराहा जिल्लाको अति नै बिकट मानिने धनगढीमाई नगरपालिका वाडा नम्बर १४ को मनायन खोलास्थित बस्तीमा बिजुली बत्ती सुचारु भएको छ ।

अति दुर्गम मानिएको यस बस्तीमा सबै ठाउँमा बिजुली बत्ती नपुगे पनि गाउँको आधा बस्तीका मानिसहरूको घरमा बिजुलीको उज्यालो प्रकाश आएको छ । बिजुली बत्ती सुचारु भएको खवरले स्थानिय बालबालिका बिजुलीको प्रकाश हेरेर खुशी भएका छन् भने मोबाईल चार्ज गर्नको बाहिर जानुपर्ने समस्या टरेको स्थानियको भनाई रहेको छ ।

उक्त ठाउँमा बिजुलीको पोल केही बर्ष अगाडि देखि गाडिएको अवस्था रहेको भएता पनि पोल देखेर चित्त बुझाउँदै अाएका स्थानियले अब आफनै हातले स्विच थिचेर बिजुली बाल्न पाएका छन् ।

उक्त दुर्गम क्षेत्र अर्थात् मनायन बस्तीमा वर्षौ देखि गाडिएको पोलको बिस्तार र मर्मतको काम गर्दै ढल्केबर ग्रिड पोइन्ट तथा विद्युत प्राधिकरण लाहान शाखाले विद्युत आपूर्ति सुचारु गरेको अवस्था रहेको देखिन्छ ।

दुर्गम तथा अन्य विकट मनायन गाउँको लगभग आधा गाउँ बस्तिमा लामो समयको प्रयास पछि नेपाल विधुत प्राधिकारण लहानको सहयोगमा मिति २०७९ साल भाद्र २८ गतेबाट विधुत सुचारु भएको अवस्था रहेको देखिन्छ ।

विद्युत यस ठाउँमा प्रसारण गराउनमा अहोरात्र खट्ने वडा अध्यक्ष अमित ठकुरी यतिबेला विशेष धन्यवादका पात्र बनेका छन् ।

स्थानिय शिक्षक अशोक मगरले यस कर्यका लागि सहयोग गर्नु हुने सबैमा हृदयदेखी कोटिकोटी नमन गर्दै धन्यबाद व्यक्त गर्नु भएको छ ।

कम्निस्ट पार्टीको लाल किल्ला भनेर परिचित यस ठाउँमा नेपाली कांग्रेस पार्टीको वाडा अध्यक्ष अमित ठकुरी निर्वाचित भएपछि आफूहरुले बिजुली बत्ती बाल्न पाएको बताएका छन् ।

यता नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवले धनगढीमाई १४ को सबै बस्तीमा बिजुली बत्ती पुगाउने आफ्नो याेजना बमोजिम पहल गरिरहेको अवस्था रहेकोले अबको केही समयमै स्थानियले बिजुली बाल्न पाउने कुरामा ढुक्क हुने अवस्था रहेको कुरामा जोड गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker