मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

पत्रकारहरुलाई समाचार संकलनमा रोक ।।।

सितल साह मंसिर ५ मधेश प्रदेश । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएर मत पेटिका खोल्नु अगाडी राखिएको सर्वदलीय बैठकमा पुगेका स्थानिय पत्रकारहरुलाई
समाचार संकलनमा सिराहा निर्वाचन क्षेत्र नं २ का निर्बाचन अधिकृतको कार्यालयले समाचार संकलनमा रोक लगाएको छ ।

सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत भएको शान्तिपूर्ण मतदानका मत पेटीकाहरु हिजो राती अबेरसम्म निर्वाचन अधिकृतको कार्यालय धनगढीमाई नगरपालिकाको नव निर्मित प्रशासनिक भवनमा ल्याएको थियो ।

बिहान १० बजेदेखि जारी सर्वदलीय बैठक कडा सुरुक्षा भित्र जारी रहेको थियो भने जारी रहेको थियो भने सहमतिका बीच रहेका बैठकबाट बाहिरिएका सहभागीहरुले मत गणना गर्नका लागि कोठा अभावको कारण ढिलो भएको बताएका थिए ।

बैठक लगायत समसामायिक विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई प्रवेश गर्न निषेध गरिएको थियो । विहान ९.४५ बजेको समयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई निर्वाचन अधिकृतको निर्देशनमा मुख्य गेटभन्दा भित्र प्रवेशमा रोक लगाएको थियो ।

पटक पटक पत्रकारहरुले समाचार संकलनमा अवरोध उत्पन्न नगर्न आग्रह गरेपनि त्यहाँस्थित खटिएका सुरुक्षाकर्मीले ५ मिनेट १० मिनेट भन्दै लामो प्रतिक्षामा राखेर सुनियोजित ढङ्गले प्रवेश निषेध गरेपछि पत्रकारहरुले निर्वाचन अधिकृतको कार्यालयको मुख्य गेटमा ५.१५ बजेमा धर्ना दिँदै समाचार संकलनमा सहजताको माग गरेका थिए ।

जाडोको समय भएकोले चिसोको कारण पत्रकारहरुको स्वास्थ्यमा पर्न जाने असरप्रति आफ्ना ध्यान केन्द्रित गर्दै माग लाई सकारात्मक रूपमा लिँदै मधेश प्रदेश पत्रकार महासंघका रोयान्टर मण्डलको उपस्थितिमा स्थानिय राम निर्दोषले धर्नामा रहेका पत्रकारहरुलाई भोलि रिपोर्टिङका लागि जिल्ला नेतृत्व तहसँग आवस्यक पहल गर्ने गराउने सहमतिका साथ धर्ना कार्यक्रम समापन गरिएको थियो ।

यता पत्रकारहरुलाई दिनभरि कुराएर समाचार संकलनमा अवरोध उत्पन्न गर्ने निर्वाचन अधिकृतको रवैयाप्रति स्थानिय जनता आक्रोशित बनेका छन् ।

सर्वदलीय बैठक समाप्त भय नभएको आधिकारिक जानकारी प्राप्त भएको छैन भने अर्कोतिर पार्टी प्रतिनिधिहरुको मतगणना स्थलमा आवत जावत कायम रहेको छ ।

मत गणना संभवतः भोलि बाट शुरू गरिने संकेत देखिएको छ भने सुरुक्षा व्यवस्थालाई मजबूत

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker