मिति:- १२ बैशाख २०८१, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

पिछडा बर्ग महांसघकाे केन्द्रीय सम्मेलन जनकपुरमा सम्पन्न

पिछला बर्ग महासंघका केन्द्रीय सम्मेलन जनकपुरका उधाेग बाणिज्य संघमा सनिबार सम्पन्न भएकाे छ।

सितल साह , जनकपुर, भदाै २६, । पिछला बर्ग महासंघकाे केन्द्रीय सम्मेलन जनकपुरका उधाेग बाणिज्य संघमा सनिबार सम्पन्न भएकाे छ।जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका साे कार्यक्रममा बिशििस्ट अथिति अखिल भारतीय पिछडावर्ग ओबिसी महासंघ, भारतका राष्ट्रिय अध्यक्ष बिरेन्द्र प्रसाद मौर्य तथा मधेश प्रदेशका मुुुख्य मन्तत्री लाल बाबु राउत लगायतका अतिथिगनहरुकाे अथित्यमा  पिछडावर्ग ओबिसि सम्मेलन सम्पन्न भएको थियाे।

मधेस प्रदेश राजधानी जनकपुरधाममा पिछडावर्ग ओबिसी महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको अध्यक्षता पिछडावर्ग ओबिसी महासंघ नेपालका अध्यक्ष भरत प्रसाद महतोको अध्यक्षतामा भएको सम्मेलनमा पिछडावर्गमा पर्ने चार दर्जन जातजातिहरुको ४२ जातजातीहरुको सुचिकृत गर्नुपर्ने बताएका हो।

जसपा अध्यक्ष यादवले भने, हामीले सरकारले गरेको प्रतिगमनकारी कदमको अन्त्यका लागि गठबन्धन बनाइएको छ। तर गठबन्धनको नाउँमा कुनै प्रकारको आत्मघाती कदम जसपा नचाल्ने ठोकुवा गरेका छन्। नेपालमा पिछडा बर्गकाे संख्या १८ % दलित १३% रहेकाे भन्दै सबै एकठाउमा एक ढिक्का भए सता पनि प्राप्त गर्न सकिने भन्दै सबैलाई एक भएर अगाडि बढन आग्रह गर्नु भयाे।

पिछडा बर्ग( ओबिसि ) काे हकहितका लागि सदैब अग्रसर रहने भन्दै ५० प्रतिशात आरक्षण निजामति लगायत मधेश प्रदेशका सम्पूर्ण अंगमा पिछडा बर्ग क्लसटर ले पाउनु पर्ने तथा ६० बर्षमा समाजिक सुरक्षा भत्ता पाउनु पर्ने लगायतका जायज मागहरु संबिधान संसाेधन गरेर समाबेश गर्नुपर्ने धारना अध्यक्ष यादबले राख्नु भयाे। जसले पिछडा बर्गकाे हकहितकाे लागि अबाज उठाउछ र मागहरु सम्बोधन गर्ने  पक्षमा उभिन्छ त्यस्तालाई मात्र भाेट दिन सम्पुर्ण पिछडा बर्ग क्लसटर संग अध्यक्ष यादबले आग्रह गर्नु भयाे।

सो कार्यक्रममा मधेस प्रदेशका मुख्यमंत्री लालबाबु राउतले पिछडावर्गको ओबिसी उत्थानका लागि आफु हरेक समयमा प्रयासरत रहेको कुरा बताउनुभयो।

ओबिसी सम्मेलनमा प्रदेश सांसद रामअशिष यादव, पिछडावर्गका संस्थापक प्रवक्ता मुनाई महतो, नेता बलराम महतो, प्रदेश सचिव जितेन्द्र यादव, युवाका अध्यक्ष दिपेन्द्र कापडि सहितका वक्ताहरूले पिछडावर्गका अधिकार प्राप्तिका संगठित भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker