मिति:- १३ बैशाख २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकमुख्य-समाचारसमाचारस्थानीय खबर

सिरहामा प्रहरीले पक्राउ गरेको तस्कर, मोटरसाइकल र अबैध औषधि (भिएग्रा) सामान छाडेर केही सामान मात्रै भन्सार बुझायो

सिरहा प्रहरीले पक्राउ गरेको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटेको टोलीद्वारा शनिबार पक्राउ गरिएको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाइएको हो ।

सिरहा । सिरहा प्रहरीले पक्राउ गरेको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटेको टोलीद्वारा शनिबार पक्राउ गरिएको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाइएको हो ।

प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले शनिबार बिहान ३ बजे कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र तस्करीका अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको थियो ।

भारतबाट नेपाल आउँदै गरेको तीन मोटरसाइकलमा १० लाख रुपैयाँ बराबरको अबैध औषधि ( भियेग्रा), कपडा, जुत्ता, चप्पल र कस्टमेटिकलगायतका सामान बरामद गरिएको थियो । भारतसँगको सिमानादेखि नै विभिन्न स्थानमा सुरक्षाकर्मीको जाँच हुने गरे पनि यी सामान भने प्रहरीले सीमाभन्दा अन्दाजी २० किलोमिटर वर मात्रै नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले पक्राउ गरिएको मोटरसाइकल, व्यक्ति र औषधि गायब पारेर एक लाख ८८ हजार ७ सय बराबरको सामान मात्रै आइतबार सिरहा भन्सार कार्यालय, माडर बुझाएको छ । र, जिल्ला प्रहरी कार्यालय, सिरहाबाट जारी भएको प्रेस विज्ञप्तिमा भन्सार बुझाइएको उक्त सामान गस्ती गर्ने क्रममा विष्णुपुर गाउँपालिका २ स्थित लक्ष्मीपुरबाट बेवारिसे अवस्थामा फेला पारेको उल्लेख गरिएको छ ।

जबकि, प्रहरीले मोटरसाइकलसहित उक्त सामान पक्राउ गर्ने बेलाको तस्वीर पनि हामीसँग छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी मुक्तिनाथ सापकोटाले भने यही नै सही सूचना भएको दावी गरे । ‘प्रेस विज्ञप्तिमा जे छ, त्यही नै सही सूचना हो,’ उनले भने, ‘बाँकी कुरा थाहा छैन ।’

श्रोतका अनुसार, सुरक्षा निकायको मिलेमतोमै भारतबाट उक्त सामान तस्करी गरी ल्याइँदै थियो । त्यसमा लागूऔषध पनि भएकाले पक्राउ परेको व्यक्ति, मोटरसाइकल र औषधिलाई प्रहरीले गायब पारेको श्रोतको भनाइ छ । स्रोत : मिथिला रत्न

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker